Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

क्रिकेट सन्दीपलाई अमेरिकाले भिसा दिएन


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६२१ पाठक संख्या
  • काठमाण्डौ जेठ १७,– अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ । आज दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन दूतावासले अस्वीकार गरेको हो ।

    यसअघि गएको जेठ ९ गते पनि सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । बलात्कारको मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

    सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन र खेल्ने वातावरण बनाउन भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

    टी–२० विश्वकप जुन २ तारिख अर्थात् आइतवारदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिख अर्थात् मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिकामा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑