आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

वैदिक आयुर्वेद अन्तर कलेज यु १९ फुटबल हुदै


  • आक्रमण न्युज
  • २०८१ अषाढ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४२३ पाठक संख्या
  • आषाढ १८, २०८१
    भरतपुर । वैदिक आयुर्वेद अन्तर कलेज यु १९ फुटबल असार २१ गतेदेखि हुने भएको छ । नारायणी नमूना मावि-२ मेन युनियनको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
    नारायणी नमूना माविको मैदानमा हुने प्रतियोगिता असार २५ गतेसम्म चल्ने खेल संंयोजक भुवन गैरेले जानकारी दिए । प्रतियोगितामा २० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । केही दिनमा सहभागी सबै टोलीको टुङ्गो लाग्नेछ ।
    प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
    विद्यालय स्तरदेखि नै फुटबल खेल विकासका लागि सहकार्य गरेको वैदिक आयुर्वेदका प्रमुख चक्रपाणि न्यौपानेले बताए । वैदिक आयुर्वेद मुख्य प्रायोजक रहेको प्रतियोगितामा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सह(प्रायोजकको रुपमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट