आज: २०८३ जेष्ठ ८, शुक्रबार | Fri, 22, May, 2026

प्राकृतिक सौन्दर्यको काखमा ‘सिंगल ट्री फेमिली रिसोर्ट’ — ठोरीमा ग्राहकहरूको आकर्षण केन्द्र बन्दै


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित ७ घण्टा अघि
  • ५५ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना

    पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका–रामनगर ३ मा सञ्चालनमा रहेको “सिंगल ट्री फेमिली रिसोर्ट” प्राकृतिक वातावरण, आधुनिक सुविधा र पारिवारिक सेवाका कारण पछिल्लो समय ग्राहकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। हरियाली वन क्षेत्रको काखमा अवस्थित रिसोर्टले शान्त वातावरणमा रमाउन चाहने ग्राहकलाई विशेष अनुभूति दिलाइरहेको छ।


    करिब डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको उक्त रिसोर्ट चार जना व्यवसायीको संयुक्त लगानीमा सञ्चालनमा आएको हो।


    रिसोर्टमा हाल एसी र नन–एसी गरी छ वटा सुविधासम्पन्न रूम सञ्चालनमा रहेका छन्। ग्राहकको चाप बढ्दै गएकाले निकट भविष्यमै थप रूम विस्तार गर्ने योजना रहेको सञ्चालक पक्षले जनाएको छ। त्यसका लागि दुई वटा आकर्षक मचान निर्माण गर्ने तयारी भइरहेको र मचानको तल्लो भागमा सुविधा सम्पन्न खाना खाने हल तथा माथिल्लो भागमा आरामदायी रूमको व्यवस्था गरिने संचालनहरुले जानकारी दिए।


    रिसोर्टको अर्को मुख्य आकर्षण स्विमिङ पूल बनेको छ। विशेषगरी गर्मीयाममा परिवार, युवायुवती तथा साथीभाइको समूह स्विमिङ पूलमा रमाउन आउने गरेका छन्। स्वच्छ र खुला वातावरणमा निर्माण गरिएको पूलले ग्राहकलाई मनोरञ्जनसँगै आनन्ददायी अनुभूति दिलाउने गरेको छ।


    यसैगरी रिसोर्टमा घोडा सवारीको विशेष व्यवस्था गरिएको छ, जसले यहाँ आउने ग्राहकलाई फरक अनुभव प्रदान गरिरहेको छ। विशेषगरी बालबालिका तथा परिवारसहित आउने ग्राहक घोडा सवारीप्रति आकर्षित हुने गरेका छन्। ग्रामीण परिवेश, हरियाली वातावरण र खुला प्राकृतिक दृश्यसँगै घोडा सवारीले रिसोर्टको आकर्षण अझ बढाएको सञ्चालक कमल खड्काले बताए।

    रिसोर्ट परिसरमा आधुनिक सुविधासहित रेष्टुरेन्ट, बार, किचन हल तथा सेमिनार हलको समेत व्यवस्था गरिएको छ। पारिवारिक जमघट, बैठक, गोष्ठी, साना कार्यक्रम तथा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्न मिल्ने गरी सेमिनार हल निर्माण गरिएको सञ्चालक पक्षले जनाएको छ।

    हाल रिसोर्टमा १३ जना कर्मचारी कार्यरत रहेका छन्। स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको बताइएको छ।

    वन क्षेत्र नजिकको शान्त परिवेश, चिसो हावा, चराचुरुङ्गीको आवाज र प्राकृतिक हरियालीले रिसोर्ट पुग्ने ग्राहकलाई शहरको भीडभाडबाट टाढा फरक अनुभूति दिलाउने गरेको छ। चितवन, मकवानपुर, काठमाडौं, बुटवल लगायतका विभिन्न स्थानबाट ग्राहकहरू यहाँ पुग्ने गरेका छन्। पछिल्लो समय पारिवारिक घुमघाम, वनभोज तथा मनोरञ्जनका लागि आउने ग्राहकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको सञ्चालक पक्षले जनाएको छ।

    रिसोर्टमा ग्राहकहरूको विशेष रोजाइका रूपमा “नाङ्लो खाजा सेट” पनि रहेको छ। परम्परागत नेपाली स्वादलाई आधुनिक प्रस्तुतीकरणसहित उक्त सेटमा स्थानीय परिकार समावेश गरिने गरिएको सञ्चालक पक्षले जनाएको छ। विशेषगरी परिवार तथा साथीभाइको समूहमा आउने ग्राहकहरूले नाङ्लो सेटलाई अत्यधिक रुचाउने गरेका छन्। प्राकृतिक वातावरणमा बसेर परम्परागत शैलीमा खाना खाने अनुभवले ग्राहकलाई अझ आकर्षित बनाउने गरेको बताइएको छ।

    सञ्चालकहरूले आगामी दिनमा थप पूर्वाधार विस्तार गर्दै “सिंगल ट्री फेमिली रिसोर्ट”लाई ठोरी क्षेत्रकै उत्कृष्ट पारिवारिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट