
काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा अग्राधिकार प्रदान गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।


सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने आधार र कारण खुलाउँदै १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो।
अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
त्यसैगरी, निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई उपस्थित गराई छलफल गर्ने निर्णय गर्दै सर्वोच्चले आगामी मंसिर ७ गतेका लागि पेसी तोकेको छ।
अब सरकारको लिखित जवाफ र दुवै पक्षको बहसपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा अदालतले निर्णय गर्नेछ।


प्रतिक्रिया दिनुहोस