
जेष्ठ २५, २०८१
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन् ।
एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याएका हुन् ।
उनले भने – अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन । रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।
यस अघि ओलीले २०७ औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो ।
रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिदै आएको भए पनि आलीले भने माडीमा भएको दाबी गर्दै आएका छन् । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो ।





प्रतिक्रिया दिनुहोस