आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

मोरङबाट सुरु भएको बर्डफ्लु चितवनसहित ११ जिल्लामा फैलियो


  • आक्रमण न्युज
  • २०८३ अषाढ ९, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • ११ पाठक संख्या
  • काठमाडौँ देशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै गएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनायता देशभरका ८२ वटा स्थानमा बर्डफ्लु पुष्टि भएको छ।

    विभागले सार्वजनिक गरेको जानकारीअनुसार २०८२ साल चैत ४ गते मोरङ जिल्लाबाट पहिलो पटक देखिएको संक्रमण विस्तार हुँदै हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको छ।

    संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन सम्बन्धित निकायले निगरानी र नियन्त्रणका उपायहरू तीव्र बनाएको जनाएको छ। बर्डफ्लु पुष्टि भएका स्थानहरूमा रहेका संक्रमित तथा जोखिममा रहेका पन्छीहरू नष्ट गर्ने कार्यसमेत निरन्तर जारी रहेको विभागको भनाइ छ।

    विभागका अनुसार हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। साथै संक्रमण फैलिन नदिन ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना सुरक्षित रूपमा व्यवस्थापन तथा नष्ट गरिएको छ।

    पशु सेवा विभागले किसान तथा व्यवसायीलाई पन्छीमा असामान्य मृत्यु, बिरामी हुने लक्षण वा संक्रमणको आशंका देखिए तत्काल सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। साथै जैविक सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट