Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक १९, बिहिबार | Thu, 05, Nov, 2026

भन्सारको कागजमा ९६ क्यारेट, तर ट्रकमा १४४ क्यारेट माछा, तस्करीको आशंका


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १९, बिहिबार मा प्रकाशित २८ मिनेट अघि
  • ७ पाठक संख्या
  • रौतहट । भन्सार कागजातमा उल्लेख गरिएको परिमाणभन्दा ४८ क्यारेट बढी माछा बोकेको आशंकामा प्रहरीले वीरगञ्जबाट आएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ।

    एउटै भन्सार प्रज्ञापनपत्रको आडमा बढी परिमाणमा माछा भित्र्याउन खोजिएको आशंकापछि जिल्ला प्रहरी कार्यालय पर्साले उक्त गाडी नियन्त्रणमा लिएको हो।

    प्राप्त जानकारीअनुसार, वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    भारतको आन्ध्र प्रदेशबाट आयात गरिएको माछा बोकेको उक्त ट्रक एकीकृत जाँचचौकी (आईसीपी) बाट भन्सार जाँचपास गराएर नगवातर्फ जाँदै थियो।

    तर, भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा मात्रै उल्लेख भए पनि गाडीमा १४४ क्यारेट माछा रहेको आशंका गरिएको छ। यसरी कागजातमा देखाइएको भन्दा ४८ क्यारेट बढी माछा भित्र्याउन खोजिएको विषयले भन्सार जाँचपास प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

    स्रोतका अनुसार एउटै भन्सार प्रज्ञापनपत्र प्रयोग गरेर तीनवटा गाडीमार्फत माछा ओसारपसार गर्न खोजिएको सूचना प्रहरीसम्म पुगेको थियो। त्यसपछि निगरानी बढाएको प्रहरीले एउटा मिनी ट्रक नियन्त्रणमा लिन सफल भए पनि अन्य दुईवटा गाडी भने फेला पार्न सकेको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑