
आजको राशिफलः बि.सं. २०८३ कार्तिक २० गते, शुक्रवार, इस्वी संवत् २०२६ नोभेम्बर ६, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, कार्तिक कृष्ण पक्ष, कार्तिक कृष्ण द्वादशी बिहान ११:१० बजेसम्म, त्यसपछि त्रयोदशी। नक्षत्रः हस्त राति ५:५१ बजेसम्म, त्यसपछि चित्रा। चन्द्रमा कन्या राशिमा, सूर्य तुला राशिमा। योगः वैधृति बिहान ७:४२ बजेसम्म, त्यसपछि विष्कम्भ र राति ६:०९ बजेदेखि प्रीति। करणः तैतिल बिहान ११:१० बजेसम्म, त्यसपछि गर र राति १०:५५ बजेदेखि वणिज। आज नेपालमा सूर्योदय बिहान ६:१९ बजे र सूर्यास्त साँझ ५:१५ बजे हुनेछ।



आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदै छ। बिहान द्वादशी तिथि रहे पनि बिहान ११:१० बजेपछि त्रयोदशी प्रारम्भ हुने भएकाले आज धनतेरस व्रत तथा पूजा गरिन्छ। आजै प्रदोष व्रत र यमदीपदान आरम्भ पनि परेको छ। यस दिन भगवान् धन्वन्तरी, माता लक्ष्मी र भगवान् कुबेरको पूजा-आराधना गरी आरोग्य, धनधान्य तथा सुखसमृद्धिको कामना गर्ने धार्मिक परम्परा रहेको छ। साँझ यमराजको नाममा दीपदान गरी अकाल मृत्युको भयबाट रक्षा होस् भन्ने कामना गरिन्छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज आर्थिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। रोकिएका काम अघि बढाउन अनुकूल समय रहनेछ। व्यापारमा लगानी गर्दा भविष्यको सम्भावना र जोखिम दुवै विचार गर्नुहोला। आफन्त तथा सहयोगीबाट महत्त्वपूर्ण साथ मिल्नेछ। पारिवारिक जीवनमा खुसी र आत्मीयता बढ्नेछ। स्वास्थ्यमा खानपान र आराममा ध्यान दिनुहोला।
(आजको लागि शुभ रङ्गः रातो, शुभ अङ्कः ९)
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज भाग्यले साथ दिने सम्भावना छ। नयाँ योजना तथा कामको सुरुवात गर्न सकिनेछ। अध्ययन, अध्यापन र धार्मिक गतिविधिमा रुचि बढ्नेछ। आर्थिक पक्षमा सुधार आउने सङ्केत देखिन्छ। टाढा रहेका आफन्त वा साथीभाइसँग सम्पर्क हुन सक्छ। पारिवारिक सम्बन्धमा समझदारी कायम राख्दा सुखद वातावरण बन्नेछ।
(आजको लागि शुभ रङ्गः सेतो, शुभ अङ्कः ६)
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज केही महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्ने हुन सक्छ। हतारमा भन्दा विचार गरेर अघि बढ्दा फाइदा हुनेछ। आर्थिक लेनदेनमा कागजात र हिसाबकिताब स्पष्ट राख्नुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। जीवनसाथी तथा परिवारका सदस्यसँग खुलेर संवाद गर्दा असमझदारी हट्नेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्ने प्रयास गर्नुहोला।
(आजको लागि शुभ रङ्गः हरियो, शुभ अङ्कः ५)
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज साझेदारी र सहकार्यबाट लाभ प्राप्त हुन सक्छ। व्यापार-व्यवसायमा नयाँ सम्झौता वा अवसर आउने सम्भावना छ। जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ। आर्थिक कारोबारमा पारदर्शिता अपनाउनुहोला। प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। सामाजिक क्षेत्रमा नयाँ व्यक्तिसँग सम्बन्ध विस्तार हुन सक्छ।
(आजको लागि शुभ रङ्गः सेतो, शुभ अङ्कः २)
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज कामकाजमा व्यस्तता बढ्नेछ। जिम्मेवारी पूरा गर्न समयको उचित व्यवस्थापन गर्नुहोला। प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक पक्ष सामान्य रहे पनि खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोला। सहकर्मी तथा सहयोगीको साथ प्राप्त हुनेछ। स्वास्थ्यमा नियमित दिनचर्या र खानपानलाई प्राथमिकता दिनुहोला।
(आजको लागि शुभ रङ्गः सुन्तला, शुभ अङ्कः १)
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज सिर्जनात्मक तथा बौद्धिक काममा सफलता मिल्न सक्छ। आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन तथा लेखनमा रुचि बढ्नेछ। आर्थिक पक्षमा लाभको सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता आउनेछ भने सन्तानको प्रगतिले खुसी दिन सक्छ। मनोरञ्जनमा समय बिताउने अवसर पनि मिल्न सक्छ।
(आजको लागि शुभ रङ्गः हरियो, शुभ अङ्कः ५)
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज पारिवारिक तथा घरायसी विषयमा ध्यान दिनुपर्ने हुन सक्छ। घरको व्यवस्थापन वा आवश्यक सामग्री खरिद गर्ने योजना बन्न सक्छ। आर्थिक कारोबार गर्दा अनावश्यक खर्चबाट जोगिनुहोला। कार्यक्षेत्रमा धैर्यपूर्वक काम गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ। परिवारका ज्येष्ठ सदस्यको सुझाव उपयोगी हुन सक्छ। मनको शान्तिका लागि धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ।
(आजको लागि शुभ रङ्गः गुलाबी, शुभ अङ्कः ६)
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज सञ्चार, सम्पर्क र भेटघाटबाट फाइदा मिल्ने सम्भावना छ। नयाँ कामका लागि प्रस्ताव वा जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार-व्यवसायमा आफ्नो योजना स्पष्ट रूपमा प्रस्तुत गर्नुहोला। आर्थिक पक्षमा सुधारका सङ्केत देखिन्छन्। साथीभाइ तथा दाजुभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ। छोटो यात्राको अवसर प्राप्त हुन सक्छ।
(आजको लागि शुभ रङ्गः गाढा रातो, शुभ अङ्कः ९)
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : आज आर्थिक विषयमा विशेष ध्यान दिनुपर्नेछ। आम्दानीका नयाँ स्रोत खोज्ने प्रयास सफल हुन सक्छ। व्यापारमा सोचविचार गरेर लगानी गर्दा लाभ प्राप्त हुनेछ। बोलीमा संयम राख्दा पारिवारिक सम्बन्ध राम्रो रहनेछ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न मेहनत गर्नुहोला। स्वास्थ्यका लागि नियमित खानपान र आराममा ध्यान दिनुहोला।
(आजको लागि शुभ रङ्गः पहेँलो, शुभ अङ्कः ३)
मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि): आज आत्मविश्वास र कार्यक्षमता बढ्ने दिन छ। नयाँ कामको थालनी गर्ने वा महत्त्वपूर्ण योजना अघि बढाउने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा आत्मीयता कायम रहनेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर अघि बढ्नुहोला।
(आजको लागि शुभ रङ्गः नीलो, शुभ अङ्कः ८)
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज खर्च र आर्थिक व्यवस्थापनमा विशेष सावधानी अपनाउनुहोला। गोप्य योजना सबैसँग साझा नगर्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा केही ढिलाइ भए पनि धैर्य राख्दा काम पूरा हुनेछ। पुराना विषय वा अधुरा काम सम्झेर समाधान खोज्ने अवसर मिल्न सक्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। पर्याप्त आराम र मानसिक शान्तिमा ध्यान दिनुहोला।
(आजको लागि शुभ रङ्गः आकाशे नीलो, शुभ अङ्कः ८)
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज मित्र तथा सहयोगी व्यक्तिबाट राम्रो साथ प्राप्त हुन सक्छ। सामाजिक तथा सामूहिक काममा सक्रियता बढ्नेछ। नयाँ सम्पर्क र सम्बन्ध भविष्यमा उपयोगी बन्न सक्छन्। आर्थिक पक्षमा लाभको सम्भावना छ। व्यापार-व्यवसायमा नयाँ योजना बनाउन अनुकूल समय रहनेछ। पारिवारिक वातावरण सुखद रहनेछ र मनमा उत्साह बढ्नेछ।
(आजको लागि शुभ रङ्गः पहेँलो, शुभ अङ्कः ३)
डा. खेमराज मिश्र, पीएचडी, उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं

प्रतिक्रिया दिनुहोस