आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

गैंडाकोटमा आईटी शिक्षाको नयाँ अध्याय : ‘पढ्दै कमाउँदै’ अवधारणासहित एनआइटी कलेज सञ्चालनमा, पहिलो ब्याचलाई २५ प्रतिशत शुल्क छुट


  • आक्रमण न्युज
  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित १२ घण्टा अघि
  • १९ पाठक संख्या
  • नवलपुर । सूचना प्रविधि (आईटी) शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गैंडाकोट–५ मा नागरिक इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआइटी) कलेज सञ्चालनमा आएको छ। Kathmandu University अन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेजले शैक्षिक सत्र २०८३/०८४ का लागि चारवर्षीय Bachelor of Information Technology (BIT) कार्यक्रमको भर्ना प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल Manoj Sapkota ले सूचना प्रविधि क्षेत्रको तीव्र विस्तार र बढ्दो रोजगारी सम्भावनालाई दृष्टिगत गर्दै BIT कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुका साथै व्यावसायिक सीप, उद्योग अनुभव र आर्थिक आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले यस वर्ष ‘पढ्दै कमाउँदै’ अवधारणालाई विशेष प्राथमिकताका साथ अघि बढाइएको बताए।

    उनका अनुसार अध्ययनसँगै व्यावहारिक अनुभव दिलाउन कलेजले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूसँग सहकार्य विस्तार गरेको छ। यसका लागि दुई अन्तर्राष्ट्रिय तथा आठ राष्ट्रिय प्रतिष्ठित आईटी कम्पनीसँग समझदारीपत्र (एमओयू) समेत सम्पन्न भइसकेको उनले जानकारी दिए।
    कलेजले हाल +२ तहमा विज्ञान संकाय अन्तर्गत भौतिकशास्त्र, गणित तथा रसायनशास्त्र वा कम्प्युटर विज्ञान अध्ययन गरेका विद्यार्थीहरूका लागि BIT कार्यक्रममा भर्ना खुला गरेको जनाएको छ।

    कलेजका अध्यक्ष Chhabilal Kandel ले पहिलो ब्याच (फर्स्ट इन्टेक) मा भर्ना हुने विद्यार्थीलाई २५ प्रतिशत शुल्क छुट प्रदान गरिने घोषणा गरे। उनले उद्योग–शिक्षा सहकार्य, परियोजनामा आधारित सिकाइ, करियर विकास तथा प्लेसमेन्ट सहयोग कार्यक्रममार्फत विद्यार्थीलाई दक्ष, प्रतिस्पर्धी र रोजगारयोग्य जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
    सूचना प्रविधि शिक्षालाई आधुनिक उद्योगसँग प्रत्यक्ष जोड्ने रणनीतिसहित सञ्चालनमा आएको एनआइटी कलेजले गैंडाकोट तथा आसपासका क्षेत्रका विद्यार्थीलाई आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आईटी शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट