आज: २०८३ अषाढ २४, बुधबार | Wed, 08, Jul, 2026

अधिनायकवाद बन्दुक बोकेर आउदैन


  • आक्रमण न्युज
  • २०८३ अषाढ २४, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • ५८ पाठक संख्या
  • राजनीति को तातोपन असन्तोष, आक्रोश र असफलताको परिणाम हो ! राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति । दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो ।

    जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन हो ! बालेन्द्र शाह को उदय यसै आक्रोशको परिणाम हो, बालेन्द्र शाह व्यवस्थाको उपज होइनन्, व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन् । यही कारण उनि लोकप्रिय छन् ,यही कारण उनि जोखिमपूर्ण पनि छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । बालेन्द्र साहको सन्दर्भ झनै गज्जवको छ , उनले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले देशमा नयाँ ऊर्जा दिएको छ। देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो ।नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ ।

    हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा बालेन्द्र शाह सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । बालेन्द्र शाहको सम्भावित उदयले यही कुरा जन्माएको छ ,यो उदय कुनै सत्ता–लोभ का लागि होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको लागि हो । अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ !

    अलग-अलग राजनीतिक यात्राबाट आएका भए पनि कम्युनिस्ट आन्दोलनको साझा आधार स्पष्ट छ– राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित । तर, विगतका वर्षहरूमा यी शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसेकै परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो !

    देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो । साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! बालेन्द्र शाहको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, यो उदयले आउदा दिनमा संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ भन्ने शुभकामना दिन चाहन्छौ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट