Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त


  • आक्रमण न्युज
  • २०८३ मंसिर ५, शनिबार मा प्रकाशित ४ घण्टा अघि
  • १६ पाठक संख्या
  • जनकपुरधाम, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

    बाराबाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक संक्षिप्त प्रक्रियाका बीच डा. कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

    संवैधानिक व्यवस्थाअनुसार धारा १६८ (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्री यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑