आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

देश ठिक उल्टो दिशातर्फ


  • आक्रमण न्युज
  • २०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • ४९ पाठक संख्या
  • राज्य ठिक उल्टो दिशातर्फ अघि बढ्दै गएको प्रत्यक्ष देखिदैछ ! सबै पक्षहरू संस्थागत भ्रष्टाचारका अखडा हुन पुग्यो, अन्योल, आतङ्क, असुरक्षा, निराशा र सामाजिक सद्भाव एवं आम आत्मविश्वास खण्डित हुन पुग्दा देशैभरि आगो को रापताप मा अल्मलिन पुगेको छ ! जसले गर्दा मुलुकले ठूलो आर्थिक भार खेप्नु परि रहेको छ ! लोकतान्त्रिक गणतन्त्रात्मक सरकार त बन्यो, तर राजनीतिक दलहरूको भूमिका र दायित्वले पछिल्ला दुई दशक नेपालको राजनीतिक यात्राले स्थापित दलहरूले जनअपेक्षा अनुसारको सुशासन दिन असफल भएको स्पष्ट देखाएको छ ।

    लाखौँ सर्वहारा वर्गको आशा, भरोसा र सपनाको केन्द्रको रूपमा उदाएका माओवादी लगायत सात दशकभन्दा लामो इतिहास र विरासत बोकेर आएका कांग्रेस र एमाले ले तालमेलका नाउँमा आ–आफ्ना स्वार्थ पूरा गर्दै आएको प्रष्टै छ । नाराले भरिएको घोषणापत्रहरू चुनावी बाचामा मात्र सीमित हुन पुगेको छ । आम जनतासँग सरोकार राख्ने रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवा, समान अवसर र भ्रष्टाचार नियन्त्रण जस्ता मुख्य विषयहरू कागजका केही खोस्टाहरूमा मात्र सीमित हुन पुगेको प्रष्ट छ ।

    दलहरूको राजनीति खिचातानी, आन्तरिक गुटबन्दी नेतृत्व प्रतिस्पर्धा, परिवारवाद, टुटफुट, विभाजन, गाली गलौज अनैतिक जालझेल ले राष्ट्रिय गौरवका आयोजना, नियुक्ति प्रक्रिया पारदर्शितामा नभई दलाल, भ्रष्ट र बिचौलियाको हातमा थमाई दिएपछि डरलाग्दो किसिमले झाँगिँदै गएको भ्रष्टाचारको जालो देशै भर र सबै क्षेत्रमा फैलिन पुगेको देखिन्छ ।जनताका सेवक बन्नु पर्ने नेताहरू अहङ्कार, घमन्ड र फाँसीवादी मनोवृत्तिबाट ग्रसित हुन पुगेको देखिएको छ ।

    भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको नारा, लक्ष्य र गन्तव्य शासकहरूको राज्य दोहनबाट लुटेर पुस्तौँ पुस्तालाई थुपार्ने प्रवृत्तिप्रतिको साझा अस्वीकारोक्ति र मुखमा पट्टी बाँधेर अँध्यारो कालो कोठरीमा धकेल्ने कुचेष्टा यूवाहरुका लागि मान्य नभएकै हो ! दम्भ, घमन्ड, अहङ्कार र प्रतिशोधको विनाशकारी आगो निभेको छैन । आत्मबोध, आत्मसमिक्षा र आत्म स्वीकारोक्ति गर्ने पक्षमा कदापि देखिँदैन । तेसैले, बदलिँदो राजनीतिक परिवेशलाई स्विकारेर नेपालको भविष्य युवा पुस्तालाई सुम्पनुको विकल्प देखिँदैन !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट