आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

एक दिन पनि टिकेन सेयर बजारकाे उत्साह, २१ अंकले घट्याे नेप्से


  • आक्रमण न्युज
  • २०८३ भाद्र ३१, बुधबार मा प्रकाशित १ दिन अघि
  • २७ पाठक संख्या
  • काठमाडाैं, ३१ भदाै । सेयर बजारमा देखिएकाे उत्साह एक दिन  पनि टिकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजार उकास्ने भन्दै साेमबार राति सार्वजनिक गरेकाे सुधारका प्रस्तावले पनि सेयर बजारमा खुसीकाे माहाैल ल्याउन सकेन ।

    मंगलबार ४८ अंकले नेप्से बढेकाे थियाे भने काराेबार रकम पनि आठ अर्ब पुगेकाे थियाे । तर बुधबार भने नेप्से २१ अंकले ओरालाे लागेकाे छ । काराेबार रकम पनि चार अर्बमा सीमित भएकाे छ ।  १० वटा ठुला ब्रोकरको कारोबार हेर्दा सातवटाले किनेको भन्दा धेरै बेचेको देखिन्छ।

    पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंक बढेको थियाे। बजार बढेको मौकामा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

    आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ।

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट