काठमाडौँ। नेपाली कांग्रेसको १५आँै महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
चालिसेले आज उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । यसअघि मङ्गलबार उहाँले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुनुहुन्छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस