आज: २०८३ आश्विन २१, बुधबार | Wed, 07, Oct, 2026

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना


  • आक्रमण न्युज
  • २०८३ आश्विन २१, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • १२ पाठक संख्या
  • काठमाडौं । नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ । सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकामा बुधबार प्रधानमन्त्री कार्यालयले बधाई तथा शुभकामना दिएको हो ।

    ‘समर्पित सार्वजनिक सेवाको २५ वर्ष पूरा गर्नुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई तथा शुभकामना। नेपाल तपाईं र तपाईंको सरकारको आगामी दिनहरूमा निरन्तर सफलता र समृद्धिको कामना गर्दछ,’ प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ७ र ८ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । त्यसअघि प्रधानमन्त्री कार्यालयले मोदीलाई बधाई दिएको हो ।
    मोदीले गुजरातको मुख्यमन्त्रीका रूपमा १३ वर्ष र प्रधानमन्त्रीका रूपमा १२ वर्ष पूरा गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑