आज: २०८३ कार्तिक १५, आईतबार | Sun, 01, Nov, 2026

कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैन : मुख्यमन्त्री शाही


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • २१ पाठक संख्या
  • सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनौट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ ।

    दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्धारा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका सामू पदकका सामू बजेटको समस्या ठूलो नभएको बताउनुभयो । ‘तपाईँहरु राम्रा खेलाडी छनौट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनौट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन्, तपाइँहरुले मागेको भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ,’ उहाँले भन्नुभयो, ‘दशौं राष्ट्रिय खेलकुद हाम्रो लागि अवसर र चुनौती सबै हो, सबै मिलेर चुनौतीको सामना गरौं, अवसरको उपयोग पनि गरौं ।’

    मुख्यमन्त्री शाहीले दशौं राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको औंल्याउनुभयो । प्रतियोगिताको आयोजक संघीय सरकार भएपनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने उहाँको भनाई थियो । साथै उहाँले अब पनि प्रतियोगिता स्थगित हुन्छ की भनेर आशंका नगर्न सबैलाई अपिल गर्नुभयो ।

    छलफलमा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चार वटै उपसमितिले हालसम्म सन्तोषजनक कामहरु गरेको धारणा राख्नुभयो । ‘बाँकी उपसमितिले के कति काम गरिरहेका छन्, त्यसमा हाम्रो पनि चासो छ,’ उहाँले भन्नुभयो, ‘प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौं ।’ छलफल कार्यक्रम प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसी लगायतले सुझाव दिएका थिए । प्रतियोगिता यही मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑