Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

मंसिर महिनाको पहिलो दिन आजको राशिफल


  • आक्रमण न्युज
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित २५ मिनेट अघि
  • २१ पाठक संख्या
  • दुर्गा प्रसाद भण्डारी

    काठमाडौं। नयाँ महिनाको पहिलो दिन आज मंगलबार विभिन्न राशिका व्यक्तिका लागि फरक–फरक सम्भावना र अवसर लिएर आएको छ। ज्योतिषीय मान्यताअनुसार आज केही राशिका व्यक्तिलाई आर्थिक लाभ, व्यापार विस्तार तथा कार्यक्षेत्रमा सफलता मिल्ने संकेत देखिएको छ भने केहीले स्वास्थ्य, पारिवारिक सम्बन्ध र आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

    आजको दिन विशेषगरी मेष, वृष, सिंह, कन्या र धनु राशिका लागि अनुकूल देखिएको छ। यद्यपि, दिनको समयअनुसार ग्रहस्थितिको प्रभाव फरक पर्न सक्ने ज्योतिषीय विश्वास छ।

    वि.सं. २०८३ साल मंसिर १ गते, मंगलबार। इस्वी संवत् २०२६ नोभेम्बर १७ तारिख। नेपाल संवत् ११४७, रौद्र संवत्सर, दक्षिणायन, हेमन्त ऋतु तथा श्रीशाके १९४८।

    आज कार्तिक शुक्लपक्षको अष्टमी तिथि रहेको छ। राति १ बजेर २७ मिनेटपछि नवमी तिथि प्रारम्भ हुनेछ। धनिष्ठा नक्षत्र राति १ बजेर १९ मिनेटपछि शतभिषा नक्षत्रमा प्रवेश गर्नेछ। ध्रुव योग र भद्रा करण रहेको आज चन्द्रमा मध्यान्ह १२ बजेर २७ मिनेटसम्म मकर राशिमा रहनेछ भने त्यसपछि कुम्भ राशिमा प्रवेश गर्नेछ।

    काठमाडौंमा सूर्योदय बिहान ६ः२७ बजे र सूर्यास्त बेलुकी ५ः०९ बजे हुनेछ।

    आज शुभ कार्य तथा यात्राका लागि बिहान ९ः०८ देखि १०ः२८ बजेसम्मको लाभ बेला र १०ः२९ देखि ११ः४८ बजेसम्मको अमृत बेला अनुकूल मानिएको छ। दिउँसो १ः०९ देखि २ः२९ बजेसम्म शुभ बेला रहनेछ।

    राहुकाल: दिउँसो २ः२८ देखि ३ः४८ बजेसम्म।

    ब्रह्म मुहूर्त: बिहान ४ः५० देखि ५ः३८ बजेसम्म।

    धार्मिक मान्यताअनुसार राहुकालमा नयाँ तथा महत्त्वपूर्ण शुभकार्य सुरु नगर्नु उचित मानिन्छ।

    मेष: आर्थिक दृष्टिले दिन उत्साहजनक रहनेछ। प्राकृतिक स्रोतसाधन तथा आफ्नो सीपको सदुपयोगबाट आम्दानी बढाउने अवसर मिल्न सक्छ। शिक्षा, ज्ञान र अनुभवले नयाँ सम्भावनाको ढोका खोल्नेछ। परिवारका सदस्यको चाहना पूरा गर्न सक्दा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने काम वा अध्ययनका सिलसिलामा लामो यात्रा हुन सक्छ।

    वृष: सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्ने संकेत छ। व्यापार व्यवसाय र लगानीबाट लाभ लिन सकिने सम्भावना छ। कृषि तथा पशुपालनमा नयाँ प्रविधि अपनाउँदा सकारात्मक परिणाम मिल्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने अध्ययनमा पनि अपेक्षित प्रगति गर्न सकिनेछ।

    मिथुन: बिहानको समय केही चुनौतीपूर्ण हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिनुका साथै सुरु गरेका काममा अवरोध आउन सक्छ। अरूको आश्वासनभन्दा आफ्नै निर्णय र क्षमतामा विश्वास गर्नु राम्रो हुनेछ। मध्यान्हपछि परिस्थिति अनुकूल बन्दै जानेछ। आफन्त तथा अग्रजको सहयोगले रोकिएका काम अघि बढ्न सक्छन्। नयाँ रोजगारी वा जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ।

    कर्कट: बिहानको समय व्यापार व्यवसाय र अध्ययनका लागि अनुकूल देखिन्छ। प्रतिस्पर्धामा सफलता मिल्नुका साथै आफन्तबाट सुखद समाचार प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। तर मध्यान्हपछि भौतिक सम्पत्ति तथा महँगा वस्तुको प्रयोगमा सतर्क रहनुहोला। नजिकका व्यक्तिसँगको व्यवहारमा पनि विवेक अपनाउनु उचित हुनेछ।

    सिंह: आर्थिक तथा पारिवारिक पक्षबाट सकारात्मक संकेत देखिन्छ। साथीभाइ र आफन्तको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। व्यापारमा आम्दानी बढ्ने तथा आर्थिक अवस्था मजबुत बनाउने अवसर मिल्न सक्छ। प्रेम जीवनमा खुसी र आत्मीयता बढ्नेछ। आफ्नो व्यक्तित्व र व्यवहारले अरूको विश्वास जित्न सकिनेछ।

    कन्या: साहस, आत्मविश्वास र मेहनतले सफलता दिलाउने दिन छ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुन सक्छ। पुरानो ऋण व्यवस्थापन गर्ने अवसर मिल्नेछ भने स्वास्थ्यमा सुधार आउने संकेत छ। नयाँ व्यवसाय सुरु गर्ने वा दीर्घकालीन आम्दानीको बाटो पहिल्याउने समय अनुकूल देखिन्छ। आर्थिक लगानीमा भने आवश्यक अध्ययन गरेर मात्र निर्णय लिनुहोला।

    तुला: बिहानको समय स्वास्थ्य र कार्यक्षेत्रका दृष्टिले केही कमजोर रहन सक्छ। आलोचना तथा अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। मध्यान्हपछि परिस्थिति अनुकूल बन्दै जानेछ। अध्ययन, व्यापार तथा आर्थिक कारोबारमा प्रगति हुन सक्छ। लामो दूरीको यात्रा र प्रेम सम्बन्धका लागि पनि समय सकारात्मक देखिन्छ।

    वृश्चिक: बिहानको समयमा व्यापार तथा आर्थिक गतिविधिबाट लाभ लिन सकिने सम्भावना छ। खेलकुद र प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। तर मध्यान्हपछि अध्ययनमा एकाग्रताको कमी आउन सक्छ। पारिवारिक सदस्यसँग दूरी बढ्ने वा यात्राका कारण मन खिन्न हुन सक्ने भएकाले सम्बन्धमा समझदारी कायम राख्नुहोला। घरजग्गासम्बन्धी कारोबारमा हतार नगर्नु उचित हुनेछ।

    धनु: व्यापार, उद्योग तथा आर्थिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छन्। लगानी र व्यवसायबाट आम्दानी बढाउने सम्भावना छ। खेलकुद तथा प्रतिस्पर्धामा सहभागी हुनेहरूका लागि समय अनुकूल देखिन्छ। अध्ययनमा प्रगति हुनुका साथै लेखन, साहित्य र सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। सामाजिक सञ्जालमार्फत आफ्ना विचार र प्रतिभा प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त हुन सक्छ।

    मकर: बोली, व्यवहार र कार्यक्षमताले अरूको मन जित्न सकिनेछ। जिम्मेवारी पूरा गर्दा प्रशंसा र सहयोग प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। संगीत, कला, मोडलिङ तथा सिर्जनात्मक पेसामा संलग्न व्यक्तिका लागि दिन उत्साहजनक रहन सक्छ। अध्ययन तथा अनुसन्धानका क्षेत्रमा पनि रुचि बढ्नेछ।

    कुम्भ: बिहानको समयमा वैदेशिक काम तथा लामो दूरीको यात्रासम्बन्धी योजना अघि बढ्न सक्छ। विदेशी सामानको व्यापारमा संलग्न व्यक्तिका लागि सकारात्मक संकेत देखिन्छ। खानपान र स्वास्थ्यमा भने ध्यान दिनुहोला। मध्यान्हपछि सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। व्यापार तथा लगानीका नयाँ सम्भावना देखिन सक्छन्। निरन्तर मेहनत र इमानदारीले उपलब्धि दिलाउन सक्छ।

    मीन: बिहानको समय आर्थिक तथा व्यावसायिक दृष्टिले अनुकूल देखिन्छ। प्राकृतिक स्रोतसाधन र उपलब्ध अवसरको सदुपयोगबाट आम्दानी बढाउन सकिनेछ। कृषि तथा पशुपालनमा संलग्न व्यक्तिले विशेष मेहनत गर्नुपर्ने हुन सक्छ। मध्यान्हपछि अध्ययनमा एकाग्रता कमजोर हुन सक्ने भएकाले महत्त्वपूर्ण काममा ध्यान दिनुहोला। सवारीसाधन चलाउँदा र आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु उचित हुनेछ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑