Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक ३०, सोमबार | Mon, 16, Nov, 2026

ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा, कात्तिकमा मात्रै १२ हजार ९६७ जनामाथि कारबाही


  • आक्रमण न्युज
  • २०८३ कार्तिक ३०, सोमबार मा प्रकाशित ८ घण्टा अघि
  • ३३ पाठक संख्या
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने छन् ।

    कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।

    प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।

    मादकपदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ ।

    प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑