Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै


  • आक्रमण न्युज
  • २०८३ मंसिर ५, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • १७ पाठक संख्या
  • काठमाडौं, मंसिर ५ गते । नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ ।

    सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर NRCS एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो ।

    यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ ।

    रेडक्रसको सदस्यता लिनका लागि रेडक्रसका कार्यालयहरू धाइरहनु पर्ने बाध्यता हटेको अध्यक्ष डा. बिशाल कुमार भण्डारीले बताए । उनले भने “मोबाइलबाटै सिधै सदस्यता फारम भरेर तोकिएको शर्त पूरा गरी एपमार्फत डिजिटल परिचयपत्र तथा प्रमाणपत्रसमेत प्राप्त गर्न सकिनेछ ।”

    नेपाल रेडक्रसको सदस्यता पाउन सिण्डिकेट भएको भनी सरकारवालाहरुले लामो समयदेखि प्रश्न उठाउँदै आएका थिए ।
    डा भण्डारीको समिति बनेपछि सरकारले नेपाल रेडक्रस सोसाइटीको सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउनका लागि तत्काल एप्स बनाउने कार्यशर्त दिएको थियो ।
    नेपाल रेडक्रसमा १२ लाखभन्दा बढी सदस्यहरु रहेको बताइन्छ । ती सबै सदस्यहरुले अनलाइनमा आफ्नो सदस्यता अध्यावधिक गरेपछि मात्र निर्वाचनमा भाग लिने प्रावधानको व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।

    डा भण्डारीको समितिले सरकारको निर्देशन बमोजिम रेडक्रसको रुपान्तरण र पुस्तान्तरण गर्ने गरी संशोधन गरेको विधान सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

    नेपाल रेडक्रस सोसाइटीको अनलाइन सदस्यता लिन वा पुरानो सदस्यता अध्यावधिक गर्नका लागि केहि समस्या वा थप जानकारी आवश्यक भएमा नेपाल रेडक्रस सोसाइटीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑