Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ९, बुधबार | Wed, 25, Nov, 2026

आजको मौसम : हिमालमा हिउँ तथा तराई र खोँचमा हुस्सु लाग्ने


  • आक्रमण न्युज
  • २०८३ मंसिर ९, बुधबार मा प्रकाशित ५ घण्टा अघि
  • १६ पाठक संख्या
  • काठमाडौँ, ९ मङ्सिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहे तापनि तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

    दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    राति देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । भोलि बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

    आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑