आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन


  • आक्रमण न्युज
  • २०८१ श्रावण १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६२३ पाठक संख्या
  • श्रावण १७, २०८१
    चितवन । संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् ।
    नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
    अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्को पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् ।
    उनी नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । पोखरेल चितवनका जनप्रिय नेताका रुपमा परिचित छन् । चितवनको पिछडिएको भूगोल इच्छाकामना गाउँपालिकाको विकासमा पोखरेलको अतुलनीय भूमिका रहेको पाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट