Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

चतुऱ्याइँ बुद्धिमानीको कलङ्क हो


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २७८ पाठक संख्या
  • कार्तिक १५, २०८१/प्रभातराज पाण्डे
    यसै पनि देश स्थायीरूपमा अस्थिरताको भुमरीमा फसेकै थियो । बहुदल र गणतन्त्रले फ्याँकेको सपनाको भकारी सबै प्वाल परेर नेतृत्व वर्ग असफल, नालायक, भ्रष्ट, अनैतिक बनेर नागरिकलाई निरासा र पलायनको मनोविज्ञानतर्फ धकेलिरहेका थिए, प्रेरित गरिरहेका थिए । पद्धति र नेतृत्व वर्ग असफल भइसकेको मात्र नभइ देश नै असफलतातर्फ उन्मुख भइसकेको अवस्थामा नागरिकहरूले परिवर्तन खोजेका थिए । एउटा नेतृत्व खोजेका थिए, जसले अवस्थासमेत परिवर्तन गर्न सकोस्, जसमा समयसाक्षेप नागरिकको अपेक्षालाई सम्बोधन गर्न सकोस् । तर, उ आज स्वर्णिम जेलेन्स्कीको भूमिका निभाउने कसरतमा रहेको देखिन्छ ।
    यसैबेला रवि लामिछाने व्यक्तिगत विविध समस्यालाई चिर्दै नेपाल आए । निरास नेपाली नागरिकलाई उनले अन्य देशमा दण्डनीय अपराध हुने डन प्रवृत्तिको मिडियामार्फत आकर्षित गर्न सके । डन प्रवृत्ति यसकारण कि सुशासन भएका देशमा ‘स्ट्रिङ अपरेसन’को अधिकार मिडियालाई हुँदैन, अमेरिका जस्तो ठाउँमा भए गोलीको शिकार हुनुपर्छ । तर, अमेरिकामा के सिके उनले कुन्नि‘ १ अमेरिकामा असम्भव या दण्डनीय हुने मिडिया चलाएर, ‘नेतृत्व वर्गलाई खुल्ला मञ्चमा राखी घुमाएर नाकको डाँडी भाँच्ने मन छ’ भन्नेजस्तो मिडियाको मर्म र धर्मविपरीत उद्घोष गरे । उनको यस्तो अराजक अभिव्यक्तिलाई अवचेतन नेपाली समाज अझ युवाहरूले ‘वाह्।।वाह्’ भनिदिए । यसबाट उनी चर्चित बने र त्यही चर्चा अनि स्ट्रिङ अपरेसनले उनलाई ‘मिडिया डन’ बन्न उत्साहित गऱ्यो । अनि उनी जीबी राईहरूलाई दुरुपयोग गर्न सफल भए । जहाँ बसेर उनी भ्रष्टहरूको नाकको डाँडी भाँच्ने इच्छा जाहेर गरिरहन्थे त्यही अनियमिताको फोहोर जम्मा गरेर उनी आफूलाई अग्लो बनाइरहेका रहेछन्, अहिलेमात्र खुल्न आयो । अझ वास्तविकता त जीबी राई जीवित फर्की आए भने थाहा हुने नै छ ।
    मिडियाको धर्म र मर्मविपरीत कर्म गरिरहँदा समाजले उनको चर्चामा बढोत्तरी गऱ्यो । अनि उनलाई लाग्यो( म सही गरिरहेछु १ चर्चा कमाउनु र दीर्घकालिन सफलता हासिल गर्नुमा ठुलो भिन्नता छ भन्ने तथ्य उनको मस्तिष्कमा आउने कुरो पनि भएन, आएको भए उनी अहिले पनि अमेरिकामा सङ्घर्ष गरिरहेका हुन्थे । नकारात्मक र परपीडक मानसिकताले ग्रस्त नेपाली समाजको कुनै एक नागरिकले पनि उनलाई ‘तिमी मिडियाको धर्म र मर्मबाहिर छौ’ भनेर सम्झाउने गुन लगाएन, बरु उक्साउने काम ज्यादा गरिदियो । उनले कसरी बेवास्ता गरे कि अमेरिका जस्तो प्रजातान्त्रिक देशमा कुनै मिडियाकर्मीलाई कुनै कार्यालयमा बिनाअनुमति प्रवेश दण्डनीय हुन्छ, तोकिएको समय र व्यक्तिभन्दा बाहिर कुनै मिडियाको पहुँच र प्रवेश सम्भव छैन । उनले नेपालमा स्ट्रिङ अपरेसन चलाए जुन दण्डनीय थियो, तर राजनैतिक प्रशासनिक सबै क्षेत्र भ्रष्टाचार र अनियमिततामा डुबेको कारण कसैको पनि साहस वा आत्मबल भएन कि उनलाई रोक्ने १ प्रहरीको शैलीमा पहिले धम्क्याउने र पछि असुल्ने कामको चर्चा नभएको होइन, सबै भ्रष्ट तैँचुप मैचुप १ रवि उत्साहित हुँदै गए ।
    पछिल्लो स्थानीय निर्वाचनमा काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अत्यधिक मत प्राप्त गरेर महानगर प्रमुख पदमा विजय हासिल गरे । अनि परिवर्तन खोजिरहेका र ‘नो नट् अगेन’को नारालाई अगाडि बढाएका रविलाई राजनीतिमा आउन युवा समुहले उक्साउन थालेको थियो त्यसैबेला बालेन्द्रको सफलता देखेका रविको अर्को चतुर दिमागले खुराक पायो उनले स्वतन्त्र शब्दको अपहरण गरे र स्वतन्त्र दल दर्ता गरे । देशको अवस्था परिवर्तन गर्नुपर्छ युवाहरूले नेतृत्व लिनुपर्छ भन्ने एउटा ठुलो जमातले बुझेर नबुझेर वा रविलाई चिनेर नचिनेर समर्थन गरे । तर उनीहरूले न रविको न त विगत न त वर्तमान जीवनशैलीको वास्तविकता खोज्ने र तथ्य भेट्ने कोशिस गरे । बालेन्द्र शाहको स्वतन्त्र शब्दको अपहरणले सफलता पायो त्यसपछि मात्र उनको वास्तविकता खोज्न थालियो जुन हाम्रो समाजको सक्यो दैलो देख्यो’ कथनलाई चरितार्थ भयो ।
    यहाँसम्म आइपुग्दा र उनले सदनमा देखाएको धम्किपूर्ण आक्रोश देख्दा र ‘नो नट् अगेन’हरूको सारथी बनेको अवस्थामा मतदाताले ठुलो धोखा खाएको महसूस गर्दैछन् । रास्वपाभित्र इमान्दरिपूर्वक देशको लागि केही गर्ने हुटहुटी बोकेका सदस्यहरू निरास र हतोत्साहित भएका छन् । सार्वभौम नागरिकको गरिमामय सदनमा सडकको मानिसको शैलीमा जुन धम्कीपूर्ण सम्बोधन भयो त्यसले उनको आफ्नो कमजोरीमात्र प्रदर्शन गरेको नभइ जे होइन भनिरहेका थिए त्यो नै हो भन्ने पुष्टि पनि भएकोछ । होइन भने १० वर्ष अमेरिका बसेर फर्केका एउटा शिक्षित नागरिकले यो स्तरको सम्बोधन गर्दैन र, नैतिकताको कसीमा उभिन उनले मार्गप्रशस्त गर्नु पर्थ्यो । चोर म मात्र होइन अनि किन म दण्डित हुने  तिमीहरू पनि चौर नै हौ । दण्डित हुनुपर्छ, हामी सबै चोर दण्डित हुने हो त रु भनेर सोधे र, त्यसमा पनि इमान्दार भएनन् । त्यहाँ अर्को भ्रष्टाचारको ठुलो चाङ्ग बोकेकाहरूतर्फ संकेत गर्ने हिम्मत उनले गरेनन् । यो कलंकित चतुऱ्याइँले उनको व्यक्तिगत मात्र नभइ दलकै साखमा गिरावट आएको थियो ।
    डन प्रवृत्तिको मिडियामा झैँ नै लामिछाने प्रस्तुत भए । एउटा जिम्मेवार पदमा रहेको मुद्धाको किटानी गरेर धम्क्याउने कि ती मुद्धासँग सम्बन्धितलाई कानुनी कठघरामा उभ्याएको प्रगति विवरण पढ्ने रु लामिछानेले आफ्नो दायित्वप्रति आफैले औंलो उठाएका छन् । मतदाताहरूलाई लाजमर्दो बनाएका छन् । समय, सत्ता र सम्पति सधै कसैको साथ रहँदैन भन्ने चेत देखिएन । उनको आक्रोश र धम्कीले उनले गल्ती गरेको र त्रसित रहेको भनिरहेको बुझ्न साधारण मानिसलाई पनि गाह्रो पर्दैन थियो ।
    मिसनरभिजनविहीन व्यक्तिगत स्वार्थमा आशक्त राजनीतिले लामो बाटो तय गर्न सक्दैन । परिवर्तनको सपना देखेका मतदाता एवम् आमनागरिकलाई उनले निरास मात्र गराएका नभइ ठूलो धोका दिएका छन् । कुनै अमुक दलको हतियार बनेर आफ्नो ‘नो नट् अगेन’ नाराले पाएको सफलतालाई लात मार्नु स्वयम्माथि घात हुने चेत लामिछानेमा देखिएन । कुनै विद्वानले भनेका छन्, ‘चतुऱ्याइँ बुद्धिमानीको कलङ्क हो ।’ रवि बुद्धिमान हुन् या होइनन् समयले मुल्याङ्कन गर्ने नै छ, तर चतुरचाहिँ हुन् त्यसैले कलङ्कित हुने नै भए । अहिले उनी माथि सरकारले सहकारी ७गी र सांग७नीक अपराधमा अनूसन्धान गरिरहेको छ । यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्र्टिको कोकहोलो भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑