आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

रूखले च्यापिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते


  • आक्रमण न्युज
  • २०८१ मंसिर ९, आईतबार मा प्रकाशित १ साल अघि
  • २३६ पाठक संख्या
  • मंसिर ९, २०८१
    बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
    मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहदाुर बोहराले जानकारी दिनुभयो । युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।
    रूखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको छ । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट