सभापति खतिवडा–समितिको प्रतिवेदन पेस
काठमाडौँ, १ असारः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन–२०८२ पेस गर्नुहुँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा । तस्बिरः गोपाल दाहाल÷रासस
आक्रमण न्युज
२०८२ अषाढ १, आईतबार मा प्रकाशित १ साल अघि
४१२ पाठक संख्या
काठमाडौँ। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्नुहुँदै उहाँले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताउनुभयो । “दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भन्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस