
धर्तीमा प्रकाश जहिले पनि आइरहेको हुन्छ । मात्रै पृथ्वी घुमेर छेक्ने हो । पृथ्वीमा सूर्यले १२ महिना २४ घण्टा प्रकाश दिइरहेको हुन्छ । मात्रै पृथ्वी घुमेर अध्यारो हुने हो । त्यसकारण अँध्यारो सत्य हो की उज्यालो सत्य हो ? यो बहसमा उज्यालो सत्य हो । किनकी, उज्यालो जहिले पनि हुन्छ, अँध्यारो त छेकेपछि मात्र हुन्छ । विद्यादेवी भण्डारी भनेको प्रकाश हो कहिलेकाहीँ छेक्न खोज्छन् । त्यो सत्य होइन ।
नेपाली राजनीतिमा विद्यादेवी भण्डारी एउटा त्यस्तै सत्य पात्र हो । एमालेका गतिविधिलाई विद्यादेवीले विगतका केही वर्ष देखि नजिकबाट केलाइरहेको देखिन्थ्यो । पार्टीदेखि राज्य सञ्चालनका विविध पक्षलाई । फलस्वरुप आजीवन सुविधा र विशेष अधिकार त्यागेर राजनीतिमा फर्किनुलाई आमनागरिकले स्वार्थको रूपमा भन्दा पनि देशको राजनीति जसरी खल्बलिएको छ, त्यसलाई सही बाटोमा ल्याउन आफ्नो ध्यान केन्द्रित गराएको रूपमा आम नागरिकको बुझाइ देखिन्छ ।
प्रकृतिको निमय भनेको जहाँ ध्यान जान्छ, त्यहाँ ऊर्जा जान्छ । अहिले देशमा नकारात्मक राजनीतिले सबैको ध्यानाकर्षण गरिरहेको छ, जसको कारणले सारा शक्ति नकारात्मक ध्यानले तानिरहेको छ । जसका कारण देश बनाउने ऊर्जा समाप्त हुने दिशामा गइरहेको छ । देश बनाउने ऊर्जालाई बचाइराख्न पनि विद्यादेवी भण्डारीको राजनीतिमा आउने निर्णयलाई सबैले स्वागत गरेको देखिन्छ ।
तर, एमाले नेतृत्वका केही व्यक्तिले यसलाई जबरजस्त रोक्ने प्रयत्न गरिरहेका छन् । कुनै पनि विधि र विधानमा नटेकी सदस्यता नवीकरण भएको भन्ने कुरा पार्टी केन्द्रीय कमिटीको बैठकबाट पास भएको निर्णय भन्दै मध्यरात सुनाइयो । यो दुर्भाग्यपूर्ण कुरा थियो । जहिले पनि विधि र विधानको कुरा गरेर नथाक्नेले दुई वर्ष अगाडि नवीकरण गरेको सदस्यता तानाशाही शैलीमा खारेज गरियो । कि त, नवीकरण नै नगर्नुपर्थ्यो, नवीकरण गरिसकेपछि खारेज गर्नु हुँदैन थियो ।
पार्टीको विभिन्न निकायमा गर्ने मनोनयनमा आफूखुशी गर्ने, पार्टीका विभिन्न कार्यक्रमका व्यानरका पुष्पलाल, मदन भण्डारीका फोटो नराखी आफ्ना ठूला-ठूला फोटो बनाएर टाँस्न लगाउने, नीति बनाउँदा प्रत्यक्ष निर्वाचित संसदबाट मन्त्रिपरिषद्को सदस्य नियुक्त गर्ने भन्ने आफूले बनाएको नीतिको खिलापमा राष्ट्रियसभाको सदस्यलाई मन्त्री बनाउने काम गरियो ।
जनताको बहुदलीय जनवादअनुसार प्रतिस्पर्धा गर्न पाइने हकको हनन् भएको एमालेका कार्यकर्तामात्र होइन, आमनागरिकले महसुस गरेका छन् । यसबाट के प्रमाणित हुन्छ भने, वास्तवमा पार्टी नेतृत्वकर्ता सिसाको घरभित्र छन् । किनकी, सिसाको घरभित्र छिरेपछि आफ्नोमात्र अनुहार देखिन्छ, अरुको देखिँदैन ।
विद्यादेवी भण्डारी किन राजनीतिमा फर्कने यति ठूलो निर्णयमा पुगिन् त ? मानिसहरूले सानो-सानो कुरामा छिटो निर्णय गर्छन्, तर ठूलो-ठूलो कुरामा निर्णय नै गर्न सक्दैनन् । सानो कुरामा दिइएको निर्णयले सानो नै प्राप्त हुन्छ । ठूलो कुरामा गरिएको निर्णयले ठूलै प्राप्त हुन्छ । मैले यहाँ संसारकै धनी एलन मक्सको निर्णय लिन कलाको प्रसंग उठान गरेको छु, जुन निर्णयले उनलाई विश्वको धनी मानिसको रूपमा स्थापित गर्यो ।
उनले यो विश्वमा विस्तार-विस्तार विश्व तापक्रमको चपेटा आइरहेको छ । यसलाई रोक्नसक्ने एउटा काम गर्ने निर्णयमा उनी पुगे । संसारभरिका यातायातका साधनलाई विद्युतीकरण गरिदियो भने एकहदसम्म रोकिन्छ । संसारभरि करौडौं यस्ता यातायातका साधन गुड्छन्, यसले विश्व तापक्रमलाई प्रभाव पारिरहेको छ । यसलाई घटाउने हो भने विद्युतीय यातायात साधन ल्याउनुपर्यो । तर, उनको पालामा विद्युतीय कार थियो, तर सिटि ड्राइभको मात्र । जसको त्यति गति हुँदैनथ्यो । यो अवस्थामा एलन मक्सले यस्तो कार बनाउँछु भनेर निर्णय लिए । जुन दुई सयभन्दा माथि प्रति घण्टा किलोमिटरको रफ्तारमा गुड्छ । यो निर्णयले एलन मक्सलाई आज विश्वको धनी व्यक्तिमात्र बनाएको छैन, मानव समाजले प्राविधिक विकासमा फड्को मारेको छ ।
त्यसकारण मानिसलाई रुपान्तरण गर्ने जीवनको गति केमा निर्भर रहन्छ भने, उसको निर्णय के हो ? आज विद्यादेवी भण्डारीले आफूले पाउने पूर्वराष्ट्रपतिको सेवा सुविधालाई त्यागेर देशमा जुन राज्य सञ्चालनमा विकराल समस्या छन्, साथै एमाले पार्टी सञ्चालनको विधि र विधानलाई आफ्नो अनुकूल व्याख्या गर्ने, हिजो आफैँले ७० वर्ष र २ कार्यकालको अभियान सञ्चालन गरेर विधानमा राख्नुपर्छ भन्ने, अहिले आफ्नो पालामा आएपछि हटाउने ?
प्रदेश अध्यक्षको मर्यादाक्रम पोलिटब्युरोसरह बनाउने, पछि आफू अनूकुल नभएपछि केन्द्रीय सदस्यसरहमा राख्ने ? एमालेमा अर्थमन्त्री चलाउने कोही व्यक्ति नभएको भाष्य निर्माण गरी सरकारी कर्मचारीलाई लगेर अर्थमन्त्री बनाउने, पार्टीको पदाधिकारीमा क्षमतावान व्यक्तिलाई पाखा लगाएर केन्द्रीय सदस्यलाई लगेर सभामुख बनाउने, लुम्बिनी प्रदेशको संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाएर उपनेतालाई बनाउने काम भयो । निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने गरी विधि बनाउने, तर आफूले बनाएको विधिलाई निरन्तर छेडखानी गरेर आफू अनुकुल जिल्ला इन्चार्जको जिम्मेवारी दिने गरियो ।
अहिले देशमा नकारात्मक राजनीतिले सबैको ध्यानाकर्षण गरिरहेको छ, जसको कारणले सारा शक्ति नकारात्मक ध्यानले तानिरहेको छ । जसका कारण देश बनाउने ऊर्जा समाप्त हुने दिशामा गइरहेको छ । देश बनाउने ऊर्जालाई बचाइराख्न पनि विद्यादेवी भण्डारीको राजनीतिमा आउने निर्णयलाई सबैले स्वागत गरेको देखिन्छ ।
पार्टीको विभिन्न निकायमा गर्ने मनोनयनमा आफूखुशी गर्ने, पार्टीका विभिन्न कार्यक्रमका व्यानरका पुष्पलाल, मदन भण्डारीका फोटो नराखी आफ्ना ठूला-ठूला फोटो बनाएर टाँस्न लगाउने, नीति बनाउँदा प्रत्यक्ष निर्वाचित संसदबाट मन्त्रिपरिषद्को सदस्य नियुक्त गर्ने भन्ने आफूले बनाएको नीतिको खिलापमा राष्ट्रियसभाको सदस्यलाई मन्त्री बनाउने काम गरियो । अनेरास्ववियुमा नेतृत्वले खारिएका व्यक्ति हुँदाहुँदै आफ्नो अनुकूल नेतृत्व नआउने भइसकेपछि उमेरहदको फण्डा ल्याउने काम गरियो ।
के

प्रतिक्रिया दिनुहोस