Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

सम्पन्न निर्वाचन मा बुद्धिजिविको भुमिका


  • आक्रमण न्युज
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • २९५ पाठक संख्या
  • मुलुकमा राजनीतिक, आर्थिक संकट उत्पन्न भएको बेला प्रतिनिधिसभाको निर्वाचन फाल्गुन २१ गते सम्पन्न भएको छ । यो निर्वाचन राजनीतिक अस्थिरता अन्त्य गर्ने एउटा माध्यम पनि हो । अतः यस्तो परिस्थितिमा निर्वाचनका माध्यमबाट राजनीतिक स्थीरता कायम गर्न जनमत निर्माण गर्न बुद्धिजीवी पेशाकर्मीहरूको भूमिका अहं रहेको छ । बुद्धिजीवी पेशाकर्मी समाजको चेतनाका बाहक हुन । आफ्नो बौद्धिक श्रम गरेर जीवीका चलाउने बुद्धिजीवी पेशाकर्मीहरू समाजका अन्य मानिसभन्दा विशिष्ट र अब्बल व्यक्ति हुन ।

    बुद्धिजीवीहरूले के कुरा ठीक, के कुरा बेठिक हो भनेर आलोचनात्मक ढंगबाट हेर्ने वुझ्ने, बुझाउने र अध्ययन अनुसन्धान गरेर सहि कुरा जनसमक्ष ल्याउने काम गर्दछन् । यस्ता व्यक्तिहरू नै बुद्धिजीवी हुन् । बुद्धिजीवीहरूले समाजलाई तलाउजस्तो भएर बस्न दिन हँुदैन । आँफूसँग भएको ज्ञान, बुद्धि जनतासँग वांडन पर्दछ । यति मात्रै होइन देश दुनियाँमा घटेका गलत कुराको खण्डन मण्डन गरेर देशलाई सहि बाटोबाट अगाडि बढाउन भूमिका निवार्ह गर्नु पर्दछ ।

    वैज्ञानिक समाजवादका गुरु कार्ल माक्र्सका अनुसार उत्पादनका साधनमाथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्दछ । माक्र्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ भनेर उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र ऊ त्यतिबेला मात्र बुद्धिजीवी हुनसक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्दै समाजसँग अन्तक्र्रिया गर्छ र उसको विचारले वर्गअनुसारको अभिव्यक्ति दिने गर्दछ । इटालीका कम्युनिस्ट पार्टीका नेता तथा माक्र्सवादी विद्वान आन्टिनो ग्राम्सीका अनुसार समाजमा तिन खालका बुद्धिजीवी हुने गर्दछन् । पहिलो बुद्धिजीवी परम्परागत बुद्धिजीवी हुन्छन् ।

    पुँजीवादभित्रबाट निर्मित यो वर्गका बुद्धिजीवीहरू उदयीमान आर्थिक वर्ग वा आर्थिक तथा राजनीतिक रुपले सीमान्तकृत समूहबाट आउने गर्दछन । यिनीहरुले आफ्नो स्वार्थ अनुरुप पुँजीवादलाई समर्थन वा विरोध गर्दछन ।

    दोश्रो वर्गका बुद्धिजीवी प्राविधिक वा प्रशासनिक बुद्धिजीवी हुन्छन् । ठूलो संख्यामा रहेको यो समूहका बुद्धिजीवी दैनिक गतिविधिसँग सम्बन्धित हुन्छन र निश्चित आर्थिक सीमाभित्र केन्द्रित हुने गर्दछन् । यो समूहका बुद्धिजीवी सामान्यतया सत्तासँग नजिक हुन्छन् । तेस्रो वर्गका बुद्धिजीवी जैविक अर्गानिक बुद्धिजीवी हुन्छन् । यस वर्गका बुद्धिजीवीहरू आफ्नो पेशाद्वारा निर्धारित नभई उनीहरुको क्षमता, क्षेत्र र परिवर्तन उन्मुख चाहनासँग सम्बन्धित हुने गर्दछन् । ग्राम्सीका अनुसार जैविक अर्गानिक बुद्धिजीवीहरु उनीहरू कुनै विशेष वर्ग विशेषगरी शोषित वर्गबाट उदाउँछन् । र, सोही वर्गको हितका लागि वैचारिक सङ्घर्ष गर्छन् । ग्राम्सीको दृष्टिकोणमा क्रान्ति सफल पार्नका लागि ‘जैविक बुद्धिजीवी’हरूले नागरिक समाजमा सांस्कृतिक सङ्घर्ष गरेर सत्ताधारीको प्रभुत्वलाई कमजोर पार्नुपर्छ ।

    बुद्धिजीवी पेशाकर्मीको काम भूमिकाबारेमा माथि चर्चा गरे जस्तै यतिबेला हाम्रोजस्तो देशमा जुन राजनीतिक परिस्थितिको विकास भएको छ । यश परिस्थितिमा २०६२÷६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गरेर संविधानअनुसार मुलुकलाई अगाडि बढाउँदै लोकतन्त्र र संविधानको रक्षा र सुदृढीकरण गरेर संविधान अनुसार मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन बौद्धिक वर्गले महत्त्वपूर्ण भूमिका निवार्ह गर्नुपर्ने बेला आएको छ । यहीँ क्रममा प्रतिनिधिसभाको निर्वाचन संघारमा आइसकेको छ । यो निर्वाचनका माध्यमबाट संसदको गठन र बहुमत प्राप्त राजनीतिक दलले सरकार गठन हुने भएकोले यो निर्वाचनको राष्ट्रिय राजनीतिमा अत्यन्तै महत्त्व रहेको छ । यतिबेला मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण गरेर उत्पादन, रोजगारी बृद्वि र आर्थिक सामाजिक शोषणलाई अन्त्य गरेर समाजवादी क्रान्ति गर्नुपर्ने अभिभारा रहेको छ ।

    यो निर्वाचनमा समाजवादी विचार नीति, कार्यक्रम अगाडि सारेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सक्दा मात्र मुलुकमा समाजवादी आर्थिकसामाजिक कार्यक्रम लागू गर्न सकिने हुँदा पनि यस निर्वाचनको महत्त्व रहेको छ ।
    वर्तमान निर्वाचनमा विभिन्न राजनीतिक शक्तिहरुले आ–आफ्ना उम्मेदवारहरुलाई अगाडि सारेका छन् । यसपटको निर्वाचनमा धेरै राजनैतिक दलहरू सहभागी भएका भएतापनि मुख्य प्रतिस्पर्धा चार प्रकारका राजनीतिक दलहरुबिच हुने देखिएको छ ।

    पहिलो, कान्तिकारी शक्ति छ । यसको मूल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो । नेपाली कम्युनिस्ट पार्टीले मात्रै समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अगाडि सारेको छ । दोस्रो, यथास्थितिवादी शक्ति, जसको प्रतिनिधित्व नेकपा एमाले र नेपाली कांग्रेसले गर्दछन् । एमाले र कांग्रेसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत गरेका छैनन् ।

    यिनीहरूले नवउदारवादी पुँजीवादी आर्थिक नीतिलाई बोकेका छन् । उनीहरूले समाजवादी आर्थिकसामाजिक नीति अगाडि सारेका छैनन् । उनीहरू यथास्थितिमै रहन चाहान्छन् । सरकारमा गएर यि राजनीतिक शक्तिले मुलुकमा आर्थिक सामाजिक विकासका काम गरेर मुलुकमा उत्पादन बढाउने, रोजगारी बढाउने, औधोगीकरणको थालनी गर्ने, सन्तुलित विकास गर्ने, आर्थिक शोषणलाई अन्त्य गर्ने काम गर्न सकेका छैनन् ।

    तेस्रो, पपुलिष्ट शक्ति छ । यो शक्तिले आँफुलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहिन एवम् दृष्टिकोणविहिन शक्ति हो । यो भदौ २४ को विध्वंस मच्चाउने तत्वसँग जोडिएको शक्ति हो । यसले मुलुकका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन । त्यसैले यो देश र जनताको हितमा काम गर्ने शक्ति हन सक्दैन । चौथो, प्रतिगामी पुनरुत्थानवादी शक्ति । यो राप्रपाको नामबाट चुनावी मैदानमा छ । यसले जन क्रान्तिद्वारा उखेलेर फ्याकिएको सामन्ती राजतन्त्र फर्काउन चाहन्छ । यो देशलाई अगाडि होइन पछाडि धकेल्न चाहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑