आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

ओलिको स्तुति गाउने एमाले


  • आक्रमण न्युज
  • २०८३ बैशाख २९, मंगलबार मा प्रकाशित १ दिन अघि
  • १०६ पाठक संख्या
  • एमाले अध्यक्ष केपी शर्मा ओलि ले इतर पक्षलाई निषेध गरेर अघि बढ्ने रणनीति तय गरेका छन् । ओलि ले उही पुरानै दम्भ र अहंकारलाई निरन्तरता दिँदै पार्टीभित्रको पराजित पक्षप्रति निषेधकारी ढंगले अघि बढ्ने निर्णय गर्न थालेका छन् ! ओलिले पार्टीलाई मजबुत बनाउने भन्दा पनि विरोधीलाई लखेटेर एमाले आफ्नो भजनमण्डलीमा परिणत गराउने मनोदशा व्याप्त रहेको देखिन्छ ।

    ओली भने प्रतिशोधपूर्ण ढंगले लखेटेर सिंगो एमालेलाई आफ्नो स्तुति गाउने सानो कोठरीमा सीमित गर्न उद्यत रहेका छन् । देशमा उनकै गैरजिम्मेवारपनको उपज जेनजी बिद्रोह मार्फत निम्तिएको बिध्वंशप्रति ओलीले कुनै प्रकारको आत्मबोध गरेका छैनन् । उल्टै जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै भड्कावपूर्ण अभिव्यक्ति दिँदै आएका उनले पार्टीमा समेत एकाधिकार लादेर विपक्षीलाई निषेध गर्दै मनोमानी ढंगले अघि बढ्न खोजेका छ्न !

    यसरी एमालेमा आन्तरिक लोकतन्त्रलाई निस्तेज पार्न र फरक मतको उपेक्षा गर्न सुरु भइसकेको छ ।ओलीले आफू र आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेलाई अनेकौँ दाउपेच गर्दै पार्टीबाटै निष्कासन गरी पार्टीमा एकाधिकार कायम गर्न खोजेको देखिन्छ । भीम रावललाई निष्कासनदेखि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको बहिर्गमन ओलीकै एकाधिकारवादी कार्यशैलीकै परिणाम हुन् । यस अघि ओली स्वयंमले भीम रावललाई पार्टी छाड्न बाध्य पारे र ईश्वर पोखरेल माथि फेरि निशाना लगाउन सुरु गरेको उदाहरण ताजैछ !

    ओलीको त्यसप्रकारको एकाधिकार र निरकुंश कार्यशैली विरुद्ध पोखरेल पक्षले उम्मेदवारी दिएर पार्टीमा आन्तरिक लोकतन्त्र जिवीत राख्न सफल भएका थिए। यद्यपि, अनेकौँ प्रतिकुलताका बाबजुद मतपरिणाम आफ्नो पक्षमा नआए पनि ओलीको एकतन्त्रीय तानासाही प्रवृत्ति विरुद्ध एमालेभित्र राजनीतिक जितका रूपमा पोखरेल पक्षको साहस दर्ज भएको देखिएको छ ! जसका कारण एमालेका भावी पुस्ताले ओली विरुद्ध इश्वर पोखरेल लाइ निरकुंशता विरुद्धको एक साहसिक कदमका रूपमा स्मरण गरेको देखिएको छ ।

    ओली भने जबजको मर्म विपरीत फरक मतलाई उपेक्षा गर्दै एकपक्षीय रूपमा अघि बढ्न खोजेका थिए! यसले मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरूले लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै बनाएको एमाले अब ओलीको सनक र अहंकारले निरकुंशतातर्फ उन्मुख भएको छ । विगतमा पार्टीभित्रैका संस्थापक सहकर्मीहरूलाई पालैपालो लखेटेर बाहिरिन बाध्य पारेका ओलीका पछिल्ला क्रियाकलापले उनी पोखरेलपक्षप्रति सोही प्रवृत्ति कायमै राखेका थिए। यसबाट ओलि एमालेलाई जबजको सिद्धान्तमा होइन, आफ्नै मनोमानी र सनकपूर्ण ओलीपथमा हिँडाउन खोजेको स्पष्ट हुन्छ ।

    ओलीले पार्टीको औपचारिक कार्यक्रममा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स को तस्बिर नराखेर आफ्नो राख्ने निर्णय गराएका थिए । यसअघि एमालेको सचिवालय बैठकले नै पार्टीका औपचारिक कार्यक्रममा एमाले अध्यक्ष ओली सहित पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राख्ने निर्णय गरेको थियो । अहिले पनि ओलिले पार्टीभित्र आफूलाई चुनौती दिँदै नेताहरूप्रति पुरानै तुष कायमै राखेर बाहिरिन बाध्य पार्ने चलखेल सुरु गरि रहेकाछ्न । आफूविरुद्ध उम्मेदवारी दिएका भीम रावललाई पार्टी छाड्ने अवस्थामा पुर्याएका ओलीले ईश्वर पोखरेल समूहलाई पनि सोही हविगतमा पुर्याइ सकेका छ्न । ओलीका यस प्रकारका कदमले पार्टीमा विभाजनको बिज रोपेर एमालेको आगामी भविष्य अन्योलग्रस्त बनाएको देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट