आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति


  • आक्रमण न्युज
  • २०८१ भाद्र ३, सोमबार मा प्रकाशित १ साल अघि
  • ३४० पाठक संख्या
  • भाद्र ३, २०८१
    काठमाडौं । भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । योसँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए ।
    साथै २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए । कुलमानले प्रतियुनिट ५ रुपैया ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन् ।
    भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस बर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन् ।
    यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ । सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो । त्यसपछि भारतले पटक(पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।
    पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ(तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ ।
    यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट