आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

निर्देशक सुदर्शन थापा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ५०१ पाठक संख्या
  • जेष्ठ २१, २०८१
    काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
    गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद(२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।
    गत असोजमा ‘प्रसाद(२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद(२’का निर्देशक हुन् ।
    निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट