आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६६४ पाठक संख्या
  • जेष्ठ २५, २०८१
    काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।
    अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस / रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको जनाएको छ ।
    अख्तियारले गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑