आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ६११ पाठक संख्या
  • जेष्ठ ३०, २०८१
    काठमाडौं । चन्द्रागिरी नगरपालिका -२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका(९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
    त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ८० मिलिग्रामसहित सोही महानगरपालिका-३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
    त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम २ मिलिग्रामसहित भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकाही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३९ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
    त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चेरश जस्तो देखिने पदार्थ ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट