आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

नेकपा एस चितवनद्वारा मेयर लामा माथि ढुंगा प्रहार गर्नेलाई कार्वाहीको माग


  • आक्रमण न्युज
  • २०८१ अषाढ २४, सोमबार मा प्रकाशित २ साल अघि
  • ८०९ पाठक संख्या
  • आषाढ २४, २०८१
    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय परिषद सदस्य तथा राप्ती नगरपालिका मेयर शमशेर लामा माथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कार्वाहीको माग गरेको छ ।
    आइतबार राति करिब ९ बजे अज्ञात समूहद्वारा ढुंगा प्रहार गरी गाडी तोडफोड र भौतिक आक्रमण गर्ने अभिप्रायको नेकपा एसले सोमबार एक विज्ञप्ति जारी गरी घोर भर्त्सना गरेको हो ।
    ‘कानुन हातमा लिएर गरिएको यसप्रकारको निन्दनीय एवम् आपराधिक कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।’
    ‘राप्ती नगरपालिका सल्लाहकार बाबुराम पाठकलाई घर पुर्याई फर्कने क्रममा उनी सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको हो’ – विज्ञप्तिमा उल्लेख छ ।
    अज्ञात समूहले मेयर लामा सवार बा २ झ ३६६६ नम्बरको सेतो स्कार्पियोमा आक्रमण गरेका हुन् भने गाडीको पछाडिको सिसा फुटेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑