आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

भरतपुर अस्पतालको मुल गेटमा सम्पुर्ण श्रमिकहरु धर्ना बस्ने


  • आक्रमण न्युज
  • २०८१ कार्तिक ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७१२ पाठक संख्या
  • कार्तिक ९, २०८१
    भरतपुर । नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन अन्र्तगतका भरतपुर अस्पताल प्रतिष्ठान कमिटिले श्रमिकहरुको सेवा सुविधामा कन्जुसाई गरेकोले काम गर्ने जोश जागर नै हराएको बताएका छन् ।  पहिला नै सम्झौता भई सकेको र कार्वान्यनमा नआएकोले यथा सक्दो छिटो श्रमिकका माग पुरा गर्न ७ गते पुन बैठक बसी खुकुरी नेपाल सेक्युरिटीका कमाण्डो लगायतलाई दवाब दिईएको छ ।
    २०७४/०७५ श्रम ऐनले  उल्लेख गरेको अनुसार पाउने सुविधा कटौती हुँदै आएकोले भरतपुर अस्पतालमा कार्यरत श्रमिकहरुलाई सेवा दिनेभनि दुबैपक्ष विच सहमति भएतापनि हालसम्म आंशिक रुपमा मात्रै काम भएकोले श्रमिकको हक हितमा लात हानिएको बुझिएको छ ।
    रुकुम बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले  सेवा सुविधा नदिएको खण्डमा छिट्टै नै अस्पतालको मुल गेटमा सम्पुर्ण श्रमिकहरुले धर्ना बस्ने बताईएको छ । अन्यथा यसको जिम्मेवारी कम्पनी हुनेछ भन्ने समेत निर्णय भएको जानकारी प्राप्त भएको छ।

    त्यसैगरि उक्त बैठकबाट अनुगमन समिती समेत बनेको छ जसका अध्यक्षमा तेजमान गुरुङ, सचिव कृष्ण बहादुर रेग्मी, संयोजक रुद्र बहादुर सुनाम र सदस्यहरुमा क्रमशः एलिया गुरुङ, शुसिला गिरी, संजिता थापामगर र सुनमायाँ ढकाल चयन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट