आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ स् मुख्यमन्त्री कार्की


  • आक्रमण न्युज
  • २०८१ मंसिर १५, शनिबार मा प्रकाशित १ साल अघि
  • २३२ पाठक संख्या
  • मंसिर १५, २०८१
    झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताउनुभएको छ ।
    झापाको दमकमा माङमालुङ चिया बगान लिमिटेड प्रालि माङ्सेबुङ गाउँपालिका –६ चिसापानी पञ्चमी, इलामको २८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपाली चिया गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्दा कतिपय चिया उद्योगहरू धराशयी बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “चियाको प्रशस्त बजार भए पनि हाम्रो चियाले त्यसको फाइदा लिन सकिएको छैन, त्यसमा उद्योगीहरूको ध्यान जानुपर्छ ।”
    नेपालमा चियाखेतीको एक सय ७५ वर्ष लामो इतिहास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश मात्र नभई विश्व बजारसम्म चियाको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका चिया उद्योगले देशकै चिया उत्पादनको करिब ९० प्रतिशत हिस्सा ओगटेको उहाँको भनाइ थियो । चियाले चिनिएको यस प्रदेशलाई अब चियाको बजार खोज्ने मात्र नभएर आफ्नो ब्रान्ड स्थापित गर्नेतर्फ पनि उद्योगीहरूको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
    मुख्यमन्त्री कार्कीले चियाको बजारीकरणमा टेवा पुर्‍याउन प्रदेश सरकारले चियाकै राजधानी इलाममा आउँदो वैशाखतिर अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट