आज: २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025

खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ९ महिना अघि
  • २१६ पाठक संख्या
  • वैशाख ३०, २०८१
    बुटवल । खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आज एक किसानको ज्यान गएको छ। नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो।
    करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।
    मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट