आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कागजात पेश गर्न नसकेपछि महोत्तरीका सवै क्रसर उधोग वासीङ्ग सेन्टर बन्द


  • आक्रमण न्युज
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ३०२ पाठक संख्या
  • आषाढ २२, २०८१/बिशाल बस्नेत
    महोत्तरी । महोत्तरीमा संचालनरत क्रसर उधोग तथा वासिङ्ग सेन्टरलाई जिल्ला समन्वय समितिले वन्द गराएको छ ।
    अनुगमनको क्रममा उधोग संचालनलाई मापदण्डअनुसार व्यवस्थित नगरेको पाईएपछि कागजपत्रको माग गरेर अस्थायीरुपमा बन्द गरिएको समन्वय समितिले जनाएको छ ।
    पारम्भिक अनुगमनका क्रममा मौजदात नदीजन्यपदार्थको विषयमा स्रोत नदेखिएको, स्टक प्रमाणिकरण नगरी विक्रीवितरण गरिएको र आवस्यक कागजात समन्वय समितिमा पेश नगरेको कारणले तत्काललाई बन्द गर्नुपरेको समन्वय समितिका संयोजक सुमनलाल कर्णले जानकारी दिए ।
    तर माग गरेअनुसारको कागजात पेश गरेमा तत्काल नै खुल्ला गर्ने संयोजक कर्णको भनाई छ । जिल्ला अनुगमन समितिको १६ गतेको बैठकले उधोगहरूलाई व्यवस्थित गर्ने उदेश्यले वन्द गर्ने निर्णय गरेको हो । उनले भने संचालन र विक्रीवितरण गर्न पूर्णरुपमा रोकेको छौ । सोही व्यहोराको पत्र समबन्धित ठाँउ र उधोग संचालकलाई पनि दिएका छौ । अहिले जिल्लाको भंगाहा, गौशाला र बर्दिवास नगरपालिकामा २४ वटा भन्दा बढी क्रसर उधोग र वासीङ्ग सेन्टर संचालनमा छन । यसअघि बन्द गराएका कतिपय उधोगहरु समेत लुकिछिपी संचालन गरेको अनुगमनका क्रममा पाइएको छ ।
    ४७ वटा क्रसर र वासिङ्ग सेन्टर मध्ये कागजात पेश गर्न नसकेपछि कतिपय वन्द अवस्थामा छन भने कतिपय कागजी प्रक्रियामा लागेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट