
आश्विन १९, २०८१
भरतपुर । नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन अन्र्तगतका भरतपुर अस्पताल प्रतिष्ठान कमिटिको आज आश्विन १९ गते बसेको कर्मचारीहरुको पाँचौं बैठकले कमिटीलाई पुर्णता दिदैं पुराना र नयाँ गरि केहि सदस्य पुर्नगठन गरिएकोे छ ।
नयाँ गठन भएको कमिटी अनुसार अध्यक्षमा रुकुम बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमला न्यौपाने, उपाध्यक्ष सावित्री खनाल धिताल, सचिव ईन्दिरा थापा, सह–सचिव अमृत कुमार चेपाङ र कोषाध्यक्षमा गोपाल प्रसाद तिवारी रहेका छन् । त्यस्तै सदस्यहरुमा भिममायाँ कुमाल, सानुमायाँ नेपाली, नन्दलाल कंडेल, रुमा तमाङ्ग, सितादेवी तिमिल्सिना, आग वहादुर गुरुङ्ग, तेजमान गुरुङ्ग, सावित्री परियार, विमला लामिछाने र सुनिता वि.क. सर्व सम्वत चयन भएका हुन ।
आज भएको यस पुर्णगठन कार्यक्रममा रुद्र बहादुर सुनामलाई सल्लाहकार नियुत्ती गरिएको थियो भने आउँदै गरेको नेपाली तथा हिन्दुहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा धेरै वक्ताहरुले शुभ कामना व्यक्त गरेका थिए ।

सम्र्पुण मजदुरहरुलाई समान व्यवहार गर्नुपर्ने भन्दै मजदुरको सेवा सुविधा थप हुनु पर्नेमा कटौती हुदै गएको विषयमा विगत केहि महिना अगाडि देखिनै आन्दोलन भैरहेको संगठनले अहिले आएर केहि सहज भएको नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन चितवनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठले बताएका छन् ।
कर्मचारी संगठनमाथी हुने गरेको थिचो मिचोमा हामीलाई असैय हुने बताउदै ैनेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन सधैं मजदुरको पक्षमा खडा रहने प्रतिवद्धता जाहेर गर्दै उक्त कार्यक्रम भरतपुर अस्पतालको कम्पाउण्ड भित्रै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस