आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

यूएईमा फेरि हावाहुरी र भारी वर्षा,


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४८१ पाठक संख्या
  • बैशाख २०एजेन्सी -, संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा हुँदा अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ । दुबईका बासिन्दा बिहान उठ्दा हुरीबतास, आकाशमा गड्याङगुडुङ र चट्याङको अवस्था रहेको थियो । मौसम पूर्वानुमानअघि नै बिहान ३ बजे मौसम बदली भएको दुबईको सञ्चारमाध्यम गल्फ न्युजले जनाएको छ ।

    ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको खबरमा उल्लेख छ ।

    अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ । खाडी देश यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट