आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ५९२ पाठक संख्या
  • जेष्ठ २०, २०८१
    काठमाडौँ । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।
    दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकारी दिएकी हुन् ।
    उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन् । जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका थिए ।
    दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।
    अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट