आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

राहुल गान्धी भन्छन्– एक्जिट पोल ‘मोदी मिडिया पोल हो’, सरकार हाम्रै बन्छ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २ साल अघि
  • २६७ पाठक संख्या
  • जेष्ठ २०, २०८१
    काठमाडौँ । भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुन स् भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।
    अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।
    कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने – यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।
    कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबि गरेका छन् ।
    शनिबार राति सार्बजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।
    भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ ।
    सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट