आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्दै, क्लाउडिया विजयी


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित २ साल अघि
  • २५२ पाठक संख्या
  • जेष्ठ २१, २०८१
    काठमाडौँ । क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
    मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।
    मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।
    शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्।
    क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछन् । उनी १ अक्टुबर सम्म यो पदमा रहनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट