आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो


  • आक्रमण न्युज
  • २०८१ अषाढ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ५७४ पाठक संख्या
  • आषाढ १२, २०८१
    काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले पक्राउ गरेको छ ।
    मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गरेको छ । सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग माग गरेको छ ।
    केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उनलाई तिहाड जेलमा हिरासतमा लिएको थियो ।
    यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिए र पुन अर्को याचिका दायर गर्ने भएका छन् ।
    अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भने, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्दर्भमा हिजो पक्राउ गरेको हो ।ु
    यस अघि केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । जसलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट