आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

(Untitled)


  • आक्रमण न्युज
  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित २ साल अघि
  • ४२० पाठक संख्या
  • क्षेत्रिय गुरुङ समाज जापान सेन्दाइको अध्यक्षमा अमर गुरुङ निर्वाचित
    श्रावण २, २०८१
    जापान । क्षेत्रिय गुरुङ समाज जापान सेन्दाइको प्रथम अधिबेशनबाट अमर गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
    गत आइतबार जापानको सेन्दाइमा भएको प्रथम अधिबेशनले गुरुङलाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनमा पुर्व मेची देखी पश्चिम महाकाली सम्मका जापानमा रहनुभएका नेपाली गुरुङ समुदायको उल्लेख सहभागीता थियो । जापानमा रहनुभएका नेपाली गुरुङ समुदायलाइ एउटै मालामा गाँस्न समाजको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष
    गुरुङले बताउनुभयो ।
    निर्वाचित अध्यक्ष अमर गुरुङ लमजुङ जिल्ला दुधपोखरी गाउँ पालिका वडा न १ का वासिन्दा हुनुहुन्छ। युवा अवस्थामा नै समाज सेवामा रुचि राख्नुहुने गुरुङ पछिल्लो समय रोजगारीसगै समाज सेवामा सक्रिय रहँदै आउनुभएको थियो । गुरुङ भाषा, सस्कृति, कलाको सम्र्वधनमा सक्रिय गुरुङ विगत १४ वर्ष देखि जापानमा वस्दै आउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट