आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

चिकित्सक स्वास्थ्यकर्मीहरुको पेशा असुरक्षित महशुस


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६२७ पाठक संख्या
  • जेष्ठ ११, २०८१
    गैंडाकोट । चिकित्सक स्वास्थ्यकर्मीहरु अहिले आफ्नो पेशा अशुरक्षित महशुस गरिरहेका छन् ।
    नेपाल चिकित्सक संघ (एनएमए) ले शुक्रबार गैंडाकोटमा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) प्रचारप्रसार तथा अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले चिकित्सक स्वास्थ्यकर्मीहरुलाई स्वदेशमै आत्मसम्मान हुने गरी काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
    कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख बाबुराम विश्वकर्माले ऐन र कानुन बनेपछि सोही अनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले जिउँदो भगवान बा–आमापछि डाक्टर भएको भन्दै उनीहरुको आत्मसम्मानमा ठेस पुग्न नहुने बताउनुभयो ।
    विमार निको हुने सपना बोकेर अस्पताल पुगेको व्यक्ती विमार निको नभई मृत्यु भएमा अस्पताल तथा चिकित्सक माथी आक्रामक हुने भन्दै विश्वकर्माले थप्नुभयो “चिकित्सा पेशा पैसाको लागि मात्रै होइन, सेवा र समर्पण पनि हो ।” यदि मृत्यु कसैले टार्न सक्छ भने त्यो डाक्टर मात्र सक्ने बताएका छन् ।
    नेपाल चिकित्सक संघ (एनएमए) का अध्यक्ष डा. अनिलबिक्रम कार्कीले मुलुकमा हरेक ३० वर्षमा व्यवस्था परिवर्तन गर्ने ‘ट्रेन’ जस्तो भएको भन्दै भन्नुभयो “तीस वर्षभित्र हामीले राजनीति र व्यवस्था परिवर्तन गरेका छौं । तर, चिकित्सकको लागि न व्यवस्था परिवर्तन भयो न अवस्था परिवर्तन भयो ।” उहाँले प्रश्न गर्नुभयो “२०६२/०६३ को आन्दोलनपछि चिकित्सकले के पायो रु
    नेपाल प्रहरीका जिम्मेवार अधिकृतको अगाडि, सामाजिक सञ्जालमा खुल्लमखुल्ला मैले चिकित्सक स्वास्थ्यकर्मी पिटेको हुँ, मैले स्वास्थ्य संस्था फोरेको हुँ भन्ने अपराधि आज खुल्लम खुल्ला हिँडिरहेको भन्दै उहाँले राजनीतिक दलहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनुभयो ।
    चिकित्सकलाई अनावश्यक जाँच गरायो, कमिशनका लागि औषधि लेखिदियो भन्ने आरोप लाग्ने गरेको भन्दै डा। कार्कीले प्रश्न गर्नुभयो “परीक्षण नगरी रोग पत्ता लाग्छ ? औषधि नखाई बिमारी ठीक हुन्छ ?”
    सो अवसरमा नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा।बद्री रिजाल, महासचिव डा।सञ्जिव तिवारी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने घटनाहरु अब दोहोरिन नहुनेमा जोड दिनुभएको थियो ।
    संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा देशका प्रमुख शहरहरुमा चिकित्सक, सुरक्षाकर्मी, न्यायिक अंगका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारण जनसमुदायमाझ व्यापक प्रचारप्रसार कार्यक्रम आयोजना गरिरहेको छ । देशका विभिन्न २१ स्थानमा बहुपक्षीय छलफल र ऐनको प्रचारप्रसार कार्यक्रम हुनेछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट