आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर


  • आक्रमण न्युज
  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ६१२ पाठक संख्या
  • आषाढ १०, २०८१
    काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।


    सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए ।
    विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।
    विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् ।
    उनीहरुले भनेका छन्-‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौँ । सात वर्षअघिको आजको दिन हामी दुवैले एकअर्काको आँखामा माया देखेका थियौँ । हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ । यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौं जहाँ हाम्रो परिवार र भगवान दुबैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौं ।ु
    विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट