
आषाढ २९, २०८१
भरतपुर । नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन अन्र्तगतका कार्यरत भरतपुर अस्पतालका कर्मचारीहरुको चौथौं बैठकमा सम्र्पुण मजदुरहरुलाई समान व्यवहार गर्नुपर्ने र कानूनको नजरमा कोहि काखा, कोहि पाखा गर्न पाउदैनन् भनि चर्को दवाव दिएका छन् ।
विगत केहि महिना अगाडि मजदुरहरुको आन्दोलनको बेला खुकुरी सेक्युरिटी इन्चार्ज स्वंय उपस्थित भई कानूनले तोके बमोजिम सुविधा दिलाउछु र दिन्छु भनि कबुल गरि गएको तर कार्वान्यन नभएको भन्दै उनिहरु फेरी आन्दोलनमा उत्रन बाध्य भएको नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन चितवनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठले बताएका छन् ।
उनले भनेका छन् कोहि यहाँ सौतेला छोरा छोरी छैनन् कानूनको नजरमा कोहि काखा, कोहि पाखा गर्न पाउदैन । त्यसकारण हामीहरु सम्पुर्ण मजदुरहरुको एउटै आवाज छ अव हामी कानूनी प्रकृयामा जान्छौ । जुनबेला खुकुरी इन्चार्जले यहाँ आएर जुन आश्वासन दिए सो स्वत कार्वान्यन हुनु प¥यो । अन्यथा हाम्रो मजदुर माथी भएको शोषण हामी हेर्न सक्दैनौ भन्दै कार्यक्रम स्थलमा चर्काचर्की समेत भएको थियो ।
सुरक्षाकर्मीलाई सुविधा दिने र बाँकी अन्य मजदुर कसैलाई सुविधा नदिने भएपछि मजदुर आन्दोलनको सम्भावना रहेको कार्यक्रमका प्रमुख अतिथी उदयचन्द्र अर्यालले बताए ।




प्रतिक्रिया दिनुहोस