


महानगरले दियो स्व. सुदिप विकको परिवारलाई रु दुई ला
चितवन, साउन ३ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गर्नुभयो ।
महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहात भएको बताउनुभयो ।
अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताउनुभयो ।
‘हामी अहिले दुःखको क्षणमा छौ,उहाँले भन्नुभयो,‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौ।’
प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भएपनि राहात मिलोस् भनि कार्यपालिका बैंठकमार्फत रु २ लाख दिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
उहाँले संघीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहात प्रदान गर्नेमा आशावादी रहेको बताउनुभयो ।
–––––––––
भरतपुर–२० मा बारुण यन्त्र इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ
चितवन, साउन ३ । पश्चिम भरतपुरलाई लक्ष्ति गर्दै वडा नम्बर २० बाट सेवा पु¥याउने गरि बिहिबारबाट बारुण यन्त्र (दमकल) इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाईको उद्घाटन गर्नुभयो ।पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्वेश्यले बारुण यन्त्रको सेवालाइ थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाँउ भएकाले यहाँ प्राकृतिक विपत्तिको सम्भावन धेरै हुने भएकाले बारुण यन्त्र इकाई स्थापना गरिएको उल्लेख गर्नुभयो ।
भरतपुरमा नदीको जोखिमलाई अन्त्य गर्न नारायणी तटबन्धनको काम भइरहेको र जंगली जनावरको नियन्त्रणका लागि मेसजालीसहितको फाउण्डेशनको काम अघि बढेको जानकारी दिनुभयो ।
भरतपुरलाई सुरक्षित महानगर बनाउने गरी वषेर्नी विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाउदै आएको उहाँको भनाई थियो ।
त्यस्तै उप प्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्र केन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महशुस गराउने प्रयास गरेको बताउनुभयो ।
दुरीका हिसाबले भरतपुर २० मध्य भागमा रहेकाले पश्चिम चितवनमा वडाहरुमा प्रभावकारी हुने उहाँको भनाई थियो ।








आक्रमण मिडिया नेटवर्क को लागि
अध्यक्ष : मेनुका पन्त
प्रधान सम्पादक : टिकादत्त तिमिल्सिना
सल्लाहकार सम्पादक: हरि अधिकारी
सम्पादक: शंकर चिमरिया
कार्यकारी सम्पादक : होमनाथ न्यौपाने
सह-सम्पादक: एलिशा तिमिल्सिना/ शंकर सुवेदी
मार्केटिङ डाइरेक्टर: प्रभात राज पाण्डे
सम्बादाताहरु:
उदय तिमिल्सिना
सुरेस अधिकारी
जनता रैका (कोहलपुर )
सन्दिप कुंवर (नवलपरासी)
द. नं. ००२४४/०८०/०८१
न्युज डेस्क सम्पर्क: ०५६५२१५७७
मोबाईल: ९८५५०५९५१०
भरतपुर, चितवन
Website:- akramannews.com








प्रतिक्रिया दिनुहोस