आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा नेपाल हेल्थ समिट गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय


  • आक्रमण न्युज
  • २०८१ भाद्र ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१५ पाठक संख्या
  • भाद्र ११, २०८१
    काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।
    विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
    समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ, उनले भने । मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा.प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठनसमेत गरेको छ ।
    कार्यदलमा स्वास्थ्य विज्ञ डा. सम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन् ।
    यसैगरी, विज्ञहरु डा. रुना झा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुगाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा.भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
    कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट