Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

सानिमा बैंक मिर्चैया शाखाद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान


  • आक्रमण न्युज
  • २०८१ भाद्र १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ६६६ पाठक संख्या
  • भाद्र १७, २०८१
    सिरहा । सानिमा बैंक मिर्चैया शाखाले सामाजिक उतरदायित्व अन्तर्गत उच्च शिक्षा हासिल गर्न चाहने दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।
    छात्रवृत्ति छनोट समितिको सिफारिसमा बैंकले विपन्न र जेहन्दार विद्यार्थीहरू करुणा कुमारी महतो र पूजा यादवलाई छात्रवृत्ति प्रदान गरेको हो ।
    मिर्चैया नगरपालिका ६ का वडा अध्यक्ष राम प्रकाश महासेठ, नगर शिक्षा शखा प्रमुख भरत बानिया, पोलरस्टार बोर्डिङ स्कुलका संचालक राम चरित्र साह, संचारकर्मी मुकेश कुमार यादब र बैंकका शाखा प्रवन्धक उमेश चौरसियासहितका छ्नौट समितिले उनीहरुको नाम सर्वसम्मत चयन गरेको हो ।
    छ्नौट भएका दुबैजना विद्यार्थीलाई बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक दुई हजार रुपैयाँ नगद वृत्ति प्रदान गरिने शाखा प्रवन्धक उमेश चौरासीयाले जानकारी दिए ।
    छात्रवृत्तिका लागि मिर्चैया शाखाले २०८० सालमा सञ्चालित एसइईमा सामुदायिक विद्यालयबाट उत्तीर्ण ५ जना छात्राले आवेदन दिएका थिए। जसमध्ये सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेको शाखा प्रवन्धक चौरसियाले जनाएको छ।
    बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ मा अध्ययनरत दुईजना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप विद्यालयमा लाग्ने शुल्क, शैक्षिक सामाग्रीखरिद तथा अतिरिक्त मासिक दुई हजार नगद प्रदान गर्दै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑