आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन, भरतपुर अस्पताल कमिटीद्वारा सोनु लामालाई बिदाई सम्मान


  • आक्रमण न्युज
  • २०८१ पौष १, सोमबार मा प्रकाशित १ साल अघि
  • ७१५ पाठक संख्या
  • पौष १, २०८१

    चितवन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन, भरतपुर अस्पताल कमिटीले सोनु लामालाई विशेष सम्मानस्वरूप बिदाई प्रमाणपत्र हस्तान्तरण गरेको छ। लामो समयदेखि संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी सोनु लामाले श्रमिक अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन ।

    संगठनले भरतपुरमा आयोजित विशेष कार्यक्रमका बीच लामालाई बिदाई गर्दै उनको अथक परिश्रम र समर्पणप्रति आभार व्यक्त गर्यो। कार्यक्रममा संगठनका विभिन्न पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

    संगठनका अध्यक्ष रुकम वहादरले श्रेष्ठले लामाको कार्यकाललाई उच्च सम्मानका साथ स्मरण गर्दै श्रमिकहरूको हकहितका लागि उनले खेलेको भूमिका सबैका लागि प्रेरणादायी भएको उल्लेख गरे।

    सोनु लामाले आफ्नो सम्बोधनमा संगठनसँग बिताएका यादगार क्षणहरूलाई सम्झिँदै आगामी दिनमा पनि श्रमिकहरूको हितका लागि लागिरहने प्रतिबद्धता जनाएका थिईन ।

    कार्यक्रमको अन्त्यमा उपस्थित सबैले लामाको सफल भविष्यको कामना गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट